माथिल्लो कर्णालीका लागि लगानी जुटेन ,जीएमआरद्धारा म्याद थपको माग

माथिल्लो कर्णालीका लागि लगानी जुटेन ,जीएमआरद्धारा म्याद थपको माग

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,२७ साउन ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागी लगानी जुटाउन नसकेपछि जीएमआरले १ वर्षको म्याद थपका लागि लगानी बोर्डमा पत्राचार गरेको छ ।

९ सय मेगावट क्षमताको आयोजना निर्माणको जिम्म पाएको भारतीय कम्पनी जीएमआरले तोकिएको समयमा लगानी जुटाउन नसक्ने भएपछिलगानीको श्रोत जुटाउन थप समय माग गरेको हो ।

आगामी सेप्टेम्बरसम्ममा १ खर्व १६ अर्व रुपैयाँ लगानी जुटाउनु पर्नेमा जीएमआर असमर्थ भएको हो ।

विभागीय मन्त्री बोर्ड सदस्य हुने भएकाले लगानीबोर्डको बैठक बस्न नसक्दा जीएमआरको पत्रका बारेमा ठोस निर्णय भने हुन सकेको छैन ।

भारतीय कम्पनीलाई आयोजना दिन नहुने भन्दै केही राजनीतिक दलको बिरोधका बाबजुत सन २०२१ सम्म निर्माण सम्पन्न गर्नेगरि २ वर्ष अघी जीएमआरसँग आयोजना विकास सम्झौता पीडीए भएको थियो ।

आयोजनाको २७ प्रतिशत इक्वीटी स्थानीयलाई दिनुपर्ने सम्झौतामा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी