काठमाडौं २५ साउन ।
नेपाल राष्ट्र बैंकले आजदेखि व्याजदर करिडोर कार्यान्वयनमा ल्याएको छ ।
राष्ट्र बैंकले व्याजदरलाई स्थिर राख्ने उद्देश्यका साथ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा करिडोर कार्यान्वयनमा ल्याएको हो ।
राष्ट्र बैंकको अनुसन्धान विभागले हिजो सम्ममा बैंकिङ प्रणलीमा २५ अर्ब रुपैयाँ अधिक तरलता रहेको बताएको छ । त्यसैलाई आधार मानेर आजबाट राष्ट्र बैंकले १५ दिनको २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको जनाइएको छ ।
यसअघि राष्ट्र बैंकले ३ महिनाका लागि मात्र निक्षेप लिने गरेको थियो । आजको निक्षेप बोलकबोल का लागि राष्ट्र बैंकले ०.३०४५ प्रतिशत व्याजदर तोकेको छ । व्याजदर करिडोर कार्यान्वयन भएपछि मात्रै राष्ट्र बैंकले नै व्याजदर तोकेको हो ।
२ दिन अघिको बैंकहरुको अन्तर बैंक कारोबारको व्याजदरमा ०.०१ प्रतिशतले घटाएर करिडोरको व्याजदर निर्धारण गरिएको हो ।