काठमाडौं साउन २१ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो पदभार ग्रहण गर्दा आफुले तीनवटा नीति लिएको बताउनु भएको छ ।
उहाले युवा उद्यमीलाइ प्रोत्साहनका लागि बिशेष कार्यक्रम गर्ने, बिकासका लागि विनियोजित वजेट प्रभावकारी ढंगले खर्च गर्ने र राजश्व संकलनलाइ बैज्ञानिक र आधुनिकिरण गर्ने अवगत गराउनु भयो ।
उहाले आफूले मान्छेको अनुहार भन्दा पनि नीति सही किसिमले लागू भयो कि भएन भनेर मात्र हेर्ने बताउनु भयो ।
महराले देशको नाजुक आर्थिक स्थितिलाई सुधार गर्नुपर्ने र आर्थिक बृद्धिदर बढाएर अर्थतन्त्रलाइ मजबुत गर्ने चुनौतीसँग सबै मिलेर जुध्नु पर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline