शेयर लाग्यो ओरालो

शेयर लाग्यो ओरालो

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सेयर बजार सूचक नेप्से इन्डेक्स १२.७५ अंकले घटेर आज १८१३.७२ अंकमा झरेको छ । यो दिन नेप्सेका सबै समूहगत सूचकरु रातो रंगले पोतिएका छन् ।

नेप्सेमा रातो रंगले घटेको र हरियो रंगले बढेको संकेत गर्छ । यो साताको पहिलो दिनदेखि नै नेप्से लगातार घटिरहेको थियो ।

२०६५ भदौ १५ गते त्यसबेलासम्मकै उच्च ११७५ अंकमा रहेको नेप्से प्रचण्ड प्रधानमन्त्री भएकैबेला ०६५ फागुनमा घटेर ५ सय अंकको हाराहारीमा आएका थियो । यो पटकपनि आज प्रचण्ड प्रधानमन्त्री भएकै दिन पुन सेयर घटेको थियो ।

यो दिन वाणिज्य बैंक समूहको सूचक साढे १३ अंकले घटेको छ । पुँजी बजारमा बैंकिङ समूहको ७५ प्रतिशत बजार हिस्सा छ ।

त्यसैगरी, होटल समूहको १०.८९ अंकले, विकास बैंक समूहको ११ अकले, जलविद्यूत समूहको साढे १७ अंकले बीमा समूहको ३३.८२ अंकले, वित्त कम्पनी समूहको साढे १० अंकले, उत्पानमूलक समूहको ४१ र अन्य मसूहको सूचक ३.७६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन स्टक एक्सचेञ्जमा १ सय २४ कम्पनीका २४ लाख ९९ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी