थप १० वटा बैंक अर्बपति क्लवमा

थप १० वटा बैंक अर्बपति क्लवमा

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, साउन १३ । गत आर्थिक वर्षको नाफाका आधारमा अर्बपति क्लवमा यसपटक थप १० वटा बैंक थपिने भएका छन् ।तीनवटा बैंकको नाफा पहिलो पटक एक अर्ब रुपैयाँ नाघेको छ ।

अहिलेसम्म तीनवटा वाणिज्य बैंक एनआइसी एसिया, सिटिजन्स र सानिमा बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

वित्तीय विवरण प्रकाशित नगरे पनि बैंक अधिकारीसँग अनौपचारिक कुरा गर्दा यसपटक नेपाल बैंक, सनराइज, एनएमबी, सिद्धार्थ, प्राइम, नेपाल बंगलादेश, बैंक अफ काठमाडौं लुम्बिनी अर्बपति क्लवमा प्रवेश गरेका छन् ।

अघिल्लो वर्ष अर्ब नाफा कमाउने बैंकमा सरकारी लगानीका राष्ट्रिय वाणिज्य बैंक तथा कृषिविकास बैंक थिए । यस्तै विदेशी लगानीका बैंकमा स्टान्डर्ड चार्टर्ड, एभरेस्ट, हिमालयन, एसआइबी र नविल बैंकको नाफा पनि विगतका केही वर्षदेखि अर्बभन्दा बढी थियो ।

स्वदेशी लगानीका बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक तथा प्रभु बैंकको नाफा अर्बभन्दा बढी थियो ।

बैंक अधिकारीहरुका अनुसार संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमा एक अर्बभन्दा बढी नाफा गर्ने बैंकको संख्या यस वर्ष २० वटा पुग्ने छ । –अन्नपूर्ण पोस्टबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी