१० अर्बको रिभर्स रिपोमा साढे २८ अर्बको आवेदन पर्यो

१० अर्बको रिभर्स रिपोमा साढे २८ अर्बको आवेदन पर्यो

  • बुधबार, साउन १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं ,२ साउन।

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा २० वटा संथाले १ सय २६ वटा बोलकबोल गर्दै २८ अर्ब ६३ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका छन् ।

बोलकबोलमा परेको बोलबाट भारित औषतमा ०.५२ प्रतिशत व्याजदर निर्धाण भएको राष्ट्र बैंकका राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले नकारी दिए ।

बोलकबोलमा न्यूनतम् ०.१० प्रतिशत देखि अधिकतम् ०.६८ प्रतिशतसम्म व्याजदर बोलकबोल भएको उनले जानकारी दिए ।

सात दिनको यो रिपो साउन १९ गते म्याचुअड हुनेछ । रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले मात्रै लगनी गर्न पाउनेछन् । रिपोमा सहभागी हुन बैंकहरुले दिउसो ३ बजेसम्म अनलाइन बिडिङ गरेका थिए ।

बैंकिङ प्रणालीमा रहेको लगानी योग्य पुँजीको पर्याप्ता (अधिक तरलता) व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले रिपो जारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आल बैंकिङ प्रणालीमा ३५ अर्ब ८८ करोड रुपैयाँ अधिक तरलता छ ।

बुधबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो पटक रिपो जारी गरेको हो । यसअघि राष्ट्र बैंकले साउन ५ गते बुधबार १० अर्बको रिपो जारी गरेको थियो । तर, त्यसमा साढे ७ अर्ब रुपैयाँको मात्रै माग आवेदन परेको थियो । उक्त रिपोको भारित औषत व्याजदर ०.५५ प्रतिशत कायम भएको थियो ।

गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक-पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी