नेप्से एकैदिन २८ अंकले बढ्यो , २ अर्ब ७५ करोडको

नेप्से एकैदिन २८ अंकले बढ्यो , २ अर्ब ७५ करोडको

  • मङ्लबार, साउन ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ , ११ साउन ।

सेयर बजारमा आज एकै दिन २ अर्ब ७५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज एकैदिन २८ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलभ ५० अंकमा पुगेको छ । आज नेप्सेमा हालसम्मकै उच्च कारोबार भएको हो ।

१ सय ४३ कम्पनीका ५८ लाख ८८ हजार कित्ता सेयर सो मुल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आईतवारदेखि सेयर कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने नयाँ कमिशन दर लागू भएपछि २ दिनमै नेप्से सूचक ६८ अंकले बढेको हो ।

०६३ सालमा लागू गरिएको पुरानो कमिशन दरमा ४० प्रतिशतले घटाएर नेप्सेले नयाँ कमिशन दर लागू गरेको हो ।

मंगलबारको कारोबारमा होटल समूहको उपसूचक सबैभन्दा बढी अर्थात ७३ अंकले बढेको छ । त्यसैगरी वाणिज्य बैंक उपसमूहको कारोबार २४.२४५ अंकले बढेको छ भने यो उपसमूहको मात्रै १ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यसैगरी, विकास बैंक उपसमूहको ७३, जलविद्युत उपसमूहको ३०, फाइनान्स कम्पनीको २२ र इन्स्योरेन्स उपसमूहको सूचक ३१ अंकले बढेको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादनमूलक उपसूमहको उपसूचक भने उच्च अंकले घटेको छ । यो उपसमूहको ६४.३८ अंकले घटेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी