काठमान्डौ,साउन२।
नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि खाली ग्यासका सिलिन्डरहरु निशुल्क साट्न पाइने व्यवस्था गरेको । नाकाबन्दीले ग्यास अभाव भए पछि ग्यास उपत्यका बाहिरबाट भित्रीएको थियो ।
सोही ग्यासका सिलीन्डर साट्न सजिलोका लागि संघले एक पटक निशुल्क साट्ने अवसर दिएको जनाएको छ ।
उपभोक्ताले आज देखि ८ गते सम्म संघले तोकेको ६ ठाउमा सम्बन्धित ब्रान्डका बाहिरबाट ल्याइएका सिलिन्डर निशुल्क साट्न पाउने व्यवस्था मिलाएको हो ।
उपभोक्ताले एभरेस्ट ग्याँस उद्योग प्रालि र सुगम ग्याँस उद्योग प्रालि बल्खुमा शक्ति, सहारा, मेची, त्रिशक्ति, कन्काई रिजालको भान्छा, कामख्य र प्रिमा ग्याँस साट्न पाइने व्यवस्था गरिएको छ । त्यस्तै, ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्याँस उद्योग प्रालिमा कोसी, नोबेल र जानकी ग्याँस साट्न पाइनेछ ।
काठमाडौंको कलंकीस्थित मनोज ग्याँस उद्योग प्रालिमा जगदम्बा, सुपर, लियो र अम्बे सिलिन्डर साट्न पाइने व्यवस्था गरिएको छ । पेप्सीकोलास्थित सगरमाथा ग्याँस उद्योग प्रालिमा राप्ती, भेरी, न्यु भेरी, मनकामना, आदेश, रेडियन्ट ब्रान्डका सिलिन्डर साट्न पाइनेछ ।
बालाजुको नेपाल ग्याँस उद्योग प्रालिमा नारायणी ग्याँस साट्न पाइने व्यवस्था गरिएको छ । काठमाडौंको बाफलस्थित लुम्बिनी ग्याँस उद्योग प्रालिमा आरती स्वस्तिक र बुटवल ग्याँस साट्ने व्यवस्था गरिएको छ ।