वर्तमान ओली सरकारबाट फिर्ता हुने र काग्रेससग‘ गठबन्धन तयार पार्ने कुरामा सुत्रधारकै रुपमा सक्रिय रहेका माओवादी नेता कृष्ण बहादुर महरा सहमति कार्यन्वयन गर्ने कुरामा एमालेले अटेर गरेको तर्क गर्दछन् । तर अब काग्रेससग भएकोसहमति पनि कार्यन्वयनको कुनै ग्यारेन्टी भने छैन । त्यसो भए किन सरकार छोड्या त भनेर सहकर्मि नेपाली बाबुले मिर्मिरेका लागि महरालाई प्रश्न गरेका छन् ।
तपाईहरुले सरकार किन ढाल्नु भयो ?
सरकारबाट फिर्ता भएको विषयमा चर्चा गर्नु पर्ने कारण नै छैन । हामीले प्रस्तावमै लेख्या छौं कि चार वटा कारण भनेकै छौं संविधान कार्यन्वयनको पक्ष, शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउने कुरा, भूकम्पको पुननिमार्ण र आन्दोलनरत मधेशी मोर्चालाई वार्तामा ल्याउने कुरामा यो सरकार असफल भएकाले हामी फिर्ता भएका हौं ।
त्यो भन्दा पनि भद्र सहमति अनुसार सरकार नपाएर हो भन्ने छ नि ?
हामीले सरकार बन्दा पनि १४ बुदे सहमति गरेकै हो । त्यस पछि ओली सरकारसग‘ मतभेद राखेर ९ बुदे सहमति गरेकै हो । त्यसको साथै ओली जी ले जे भने पनि हामीले ३ बुदे भद्र सहमति गरेकै हो । माथि भनिएको ४ बुदा सहित पछिल्लो भद्र सहमति कार्र्यन्वयन नभए पछि हामी बाहिरीएका हौं । सहमतिहरु लागु नभएकाले सरकारमा बसिरहनुको औचित्य हामीले देखेनौं ।
भने पछि तपाईहरुलाई सत्ता प्राप्त नभए पछि बाहिरीनु भयो हैन ?
सत्ताको कुरा हैन, देशको कुरा हो, राजनीतिको कुरा हो । यसलाई किन सत्तासग‘ जोड्ने ?
भद्र सहमतिमा त सरकार फेर्ने मात्रै कुरा थियो देशको कुरा त केही थिएन नि ?
१४ बुदे सहमति किन बिर्सने ? ९ बुदे किन लागू नगरेको ? पूराना सहमतिको अन्तरबस्तु विर्सिने कुरा कहा मान्य हुन सक्छ ?
नौ बुदेको कुरा त लागू हुने प्रकृयामा थियो नि , कानुनहरु शंसोधन हुदै थिए भन्ने कुरा छ एमालेको ?
१५ दिन भित्र गर्नु पर्ने काम जस्तै द्वन्दकालिन मुद्धाहरु १५ दिन भित्र कान्ुन संसोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने लगायतका विषयहरु किन कार्यन्वयन भएनन् तीन महिना सम्म पनि ? यो गर्न सकिदैन थियो भने प्रधानमन्त्री केपी ओलीले किन हस्ताक्षर गरे त ?
एमालेसग‘को नौ बुदे लागू नभएको भन्दै काग्रेससग‘ सात बुदेमा ढाल्नु भएको छ , काग्रेस सरकारमा आयो भने सबै कुरा पू्रा हुन्छन् त ?
अहिले ग्यारेन्टी छैन, तर समझदारी गर्ने हो हेर्ने हो । शुरुमै पूर्वाग्रह राखेर हुदैन । राम्रो होला भन्ने आशा गर्दछौं । हामी व्यवहारमा हेर्छौ ।
यदी ग्यारेन्टी छैन भने सत्ता किन ढाल्नु भयो ? अब ९ महिनामा फेरी ७ बुदे कार्यन्वयन भएन भने फेरी सत्ता काग्रेसलाई जिम्मा लगाएर हिड्ने ? यो त देशको लागि खतराको खेल किन खेल्ने ?
अब व्यवहारमै हेर्ने कुरा हुन्छ । मिलेर देशको समाधान गर्न कोशिस गर्नु पर्छ आग्रह पूर्वाग्रह पालेर बस्न हुदैन भन्ने हो । पोलिटिक्स भनेको संभावनाको खेलै हो ।