आगामी आर्थिक बर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक

आगामी आर्थिक बर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, ३० असार ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो भएकाले मुद्रास्फीति उच्च हुने भन्दै राष्ट्र बैंकले नियन्त्रणका लागि केही संकुचित मौद्रिक नीति ल्याएको छ ।

उत्पादनशील कर्जा विस्तारका लागि कृषि तथा उर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने अनिवार्य लगानीलाई १२ प्रतिशतबाट बढाएर १५ प्रतिशत र्पुयाइएको छ ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले कर्जा लगानी गर्दा लिने व्याजदरलाई सम्बन्धित संस्थाको लागत कोषको आधारमा बढीमा ७ प्रतिशतमात्र व्याज लिन पाउने व्यवस्था गरेको छ ।

यस्तै, सीमित जिल्लाबाहेक अन्य जिल्लामा लघुवित्त संस्था खोल्न राष्ट्र बैंकले अनुमति स्थगित गरेको छ ।

राष्ट्र बैंकले थोक कारोबार गर्ने लघुवित्त संस्थाको चुक्तापुँजी ६० करोड र्पुयाएको छ । मौद्रिक नीतिमा शेयर लगानी, रियल स्टेटतर्फको कर्जामा केही कडाइ गरेको छ ।

राष्ट्र बैंकले शेयर धितोको लगानीमा प्रवाह गर्ने कर्जाको सीमालाई ६० प्रतिशतबाट ५० प्रतिशतमा झारेको छ ।

सरकारले बजेट ल्याएपछि त्यसलाई प्राविधिकरुपमा सहयोग गर्न राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी