एजेन्सी दिल्ली । के महिलाहरुलाई आफ्नो पति मरे पछि पनि शुक्रकीटमाथि कुनै अधिकार रहन्छ ?
भारतकै सबै भन्दा ठूलो सरकारी अस्पताल ऐम्सका चिकित्सकहरुलाई पोष्टमार्टमको बेलामा श्रीमान्को शुक्रकीट निकाल्न ती महिलाले आग्रह गरे पछि डाक्टरहरु संकटमा परेका थिए ।
एम्स अस्पतालका फोरेन्सीक मेडिसिनका प्रमुख डा. सुधीर गुप्ताले ती महिलाले मरेका पतिको शुक्रकीटबाट आफू आमा बन्न चाहेको बताएकी थिईन् ।
तर चिकित्सकहरुले उनको कुरा अस्वीकार गर्दै बच्चाको कानुनी अधिकार, पिताको स्वेच्छा जस्ता मामलामा समस्या आउन सक्ने बताएका थिए ।

आईविएफ, एग डोनेसन या सरोगेसी कुनै पनि आधुनिक पद्धतिबाट शुक्रकीटलाई प्रयोग गरेर बच्चा जन्माउन सकिन्छ ।
मृत्यु पछि पनि केही समय सम्म पुरुषको अण्डकोषमा रहेको शुक्रकीट जीवीत रहेको हुन्छ ।
भारतीय कानुनमा मृत्यु पूर्व नै कुनै पुरुषले स्पर्म दान गर्न चाहेमा मृत्यु पछि उनको शुक्रकीट प्रयोग गर्न सकिने व्यवस्था छ ।
डा. गुप्ताले यस्तो आवेदन पहिला पनि आएको जानकारी दिए ।