प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन(तस्विर सहित)

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन(तस्विर सहित)

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

चितवन, २६ असार।
जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा संचालित १६४ औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन भएको छ । शिक्षालयमा आइतबार आयोजित दीक्षान्त समारोहमा प्रमुख अतिथि प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले उत्कृष्ठ प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सेवा विशुद्ध रुपमा एक व्यावसायिक, अनुशासित एवं मर्यादित सेवा हो भन्नुहँुदै समुदाय र सेवाग्राहीहरुसँगको कानून सम्मत व्यवहार र सन्तुष्टी नै हाम्रो पेशा र हामीले लगाउने बर्दीको एक मात्र लक्ष्य हो भन्नुभयो ।

दिक्षान्त समारोहमा सलामी ग्रहण गर्नुहुँदै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल
प्रहरी राज्य र समाजको अभिन्न अंग हो, कानूनी राज्यमा अपराधी उम्कन नसक्ने, सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरी कहिले हुन सक्दैन भन्नुभयो । प्रहरीको निलो बर्दीले गैर व्यावसायिकता र भ्रष्ट्राचारको छिटा सहन सक्दैन भन्नुहुदै समाजमा शान्ति सुरक्षा र अमयन चयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरी कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो ।
दीक्षान्त समारोहमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले प्रहरी र अनुसन्धान विभाग एकै आमाको दुई सन्तान भएको बताउदै हिड्ने बाटो फरक भएपनि गन्तव्य एउटै भएकोले वर्तमानको जस्तो समन्वयको आवश्यकता माथि प्रकाश पार्नुभयो ।

Z61A4221
समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले दीक्षित प्रहरी सहायक निरीक्षकहरुलाई समय–सापेक्ष व्यावसायिक क्षमता अभिबृद्धि गर्दै अगाडी बढ्न निर्देशन दिनुभयो ।

शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक रण बहादुर चन्दले स्वागत मन्तव्य तथा शव्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । गत २०७२ साउन १७ गतेदेखि संचालित उक्त तालिममा ४१ जना महिला सहित कूल ५ सय ९२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी समेत दिनुभयो ।

प्रशिक्षार्थीहरुका अभिभावकहरुले  दिक्षान्त समारोह कार्यक्रमको अवलोकन गर्दै । (1)
दीक्षान्त समारोहमा कृषि तथा वन बिज्ञान विश्वविद्यालयका उप–कुलपति प्रा.डा. ईश्वरी प्रसाद ढकाल, जिल्ला अदालतका मुख्य न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख, अंचल प्रहरी कार्यालय नारायणीका प्रमुख, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, नागरिक समाज, जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रशिक्षार्थीहरुका अभिभावकहरुले  दिक्षान्त समारोह कार्यक्रमको अवलोकन गर्दै ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी