असार सकिन लाग्दा पनि पूर्वाञ्चलमा बाईस प्रतिशत मात्रै रोपाई

असार सकिन लाग्दा पनि पूर्वाञ्चलमा बाईस प्रतिशत मात्रै रोपाई

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

भरतराज शर्मा । पूर्वाञ्चलमा असारको तेस्रो सातासम्ममा २२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

गत वर्ष उक्त अवधिमा २० प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको थियो । यस वर्ष समयमै वर्षाका साथै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडले पर्याप्त मलको व्यवस्था गरेकाले रोपाइँमा वृद्धि भएको हो ।

यस क्षेत्रमा मोरङमा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाको ७८ हजार हेक्टर जग्गामध्ये २३ हजार ४०० हेक्टर जग्गामा रोपाइँ सम्पन्न भएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।

वर्षासँगै सुनसरी–मोरङ सिचाइ योजनाको नहरका साथै अन्य साना सिँचाइको सुविधाका कारण मोरङ र सुनसरीमा अन्य जिल्लाको तुलनामा रोपाइँमा वृद्धि भएको छ ।

सुनसरीमा अहिलेसम्ममा ४३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाकोे ५१ हजार हेक्टर जग्गामध्ये २१ हजार ६०४ हेक्टर जग्गामा रोपाइँ सम्पन्न भएको हो । सप्तरीमा पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्लाको ७० हजार हेक्टर जग्गामध्येबाट तीन हजार ५०० हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।

झापाको ९० हजार हेक्टरमध्ये नौ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । सिरहाको ६० हजार ७५७ हेक्टरमध्ये सात हजार २९० हेक्टर अर्थात् १२ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयका कृषि प्रसार अधिकृत ह्दयराम पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी