नेपालमा थोपा सिँचाई प्रविधिको अनुसन्धान र विकासमा समर्पित : राजन गैरे, सितल थोपा सिंचाइ प्रबिधि उद्योगका प्रविधि व्यवस्थापक

नेपालमा थोपा सिँचाई प्रविधिको अनुसन्धान र विकासमा समर्पित : राजन गैरे, सितल थोपा सिंचाइ प्रबिधि उद्योगका प्रविधि व्यवस्थापक

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

सितल थोपा सिंचाई प्रविधि उद्योग सितल थोपा सिंचाई प्रविधि उद्योग विगत १८ वर्षदेखि कृषिको व्यवसायिकरणमा आवश्यक प्रणाली अन्तर्गत थोपा सिंचाईको उत्पादन तथा विस्तारमा लागिरहेको छ । थोरै पानीमा किफायती सिंचाइ गर्न सकिने, श्रमशक्ति कम लाग्ने, अनावश्यक झारपात बृद्विमा कम हुने, सिंचाइबाटै मल तथा बिरुवालाई खाधतत्व पु¥याउन सकिने, फलफुल खेतीमा पनि प्रयोग गर्न सकिने, सिंचाइ गर्दा समयको बचत हुने, माटोको उर्वराशक्तिलाई कायम राख्ने, भिरालो जमिनमा पनि प्रयोग गर्न सकिने, उत्पादन तथा उत्पादकको गुणस्तरमा वृद्वि हुने हुनाले यो प्रविधि नेपालको व्यवसायिकरणमा बरदान साबित भएको छ । राजन गैरे सितल थोपा सिंचाइ प्रबिधि उद्योगका प्रविधि व्यवस्थापक हुन । उनी नेपालको थोपा सिँचाईका अनुुसन्धानकर्ता पनि हुन् । उनै गैरेसँग हाम्रा सहकर्मी अशिम सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः–

हाल नेपालमा सितल थोपा सिँचाई उद्योगले कृषिको व्यवसायिकरणमा के कस्ता कामहरु गरीरहेको छ ?

नेपालका अधिकांस जनता कृषिमा निर्भर छन् । आवश्यक सूचनाको अभाव तथा आवश्यक प्रविधिको अभावमा निर्वाहमुखी कृषि प्रणालीमा संलग्न जनताको सोचमा परिवर्तन ल्याई व्यवसायिक कृषितर्फ उन्मुख गराउन अझै पनि सकिएको छैन । कृषिलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने ज्ञान कृषक सम्म नपुगेको यथार्थ हामी सामु छ । कम खर्चमा पनि थोपा सिँचाई प्रविधि उपयोग गरी कृषिमा उत्पादन बढाउन सकिन्छ भन्ने सन्देश कृषक सम्म पु¥याउन नेपालको एक मात्र थोपा सिँचाई उद्योग सितल थोपा सिँचाई उद्योग प्रविधि उद्योगले महत्वपुर्ण भुमिका खेलेको छ । देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्त गर्न तथा व्यवसायिक बनाउने अभियान स्वरुप देशका पचहतरै जिल्लामा यो प्रविधिको विकास तथा विस्तार पु¥याउने योजना अनुरुप सितल थोपा सिँचाई उद्योग प्रविधि उद्योग टिम थप शसक्त र प्रभावकारी ढंगले अघि बढेको छ । जसले युवा वर्गलाई समेत आफ्नै देशमा केहि गर्न प्रेरित गर्ने छ भने देशलाई दिर्घकाल सम्म आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने निश्चित छ ।

आगामी दिनको योजना के छ त ?

अगुवा फर्मको रुपमा नेपालको सबै जिल्लामा लघु सिंचाई प्रविधिहरुको आपूर्तिमा नेतृत्वदायी भूमिका स्थापित गर्नु हाम्रो उद्योगले आफ्नो प्रविधि तथा कार्यकलापको परिमार्जन, संवृद्घि तथा बिस्तार गरेर लघु सिंचाईको आम बजारीकरणमा प्रमुख उत्प्रेरकको भूमिका खेल्ने यसको दूरदृष्टि छ । लक्षित ग्राहकको सन्तुष्टि हुने गरी गुणस्तरको लघु सिंचाई प्रविधि तथा सहायक सामाग्रीहरु समुचित लागतमा उत्पादन गर्ने र सरल मुल्यमा विक्रि वितरण गर्नुका साथै सबै सरोकारवालाहरुलाई उचित प्रतिफल प्राप्त हुने तरिकाले दिगो सुधार तथा नयाँ पद्वतिको आधारमा निरन्तर कृषिपे्रमी सबैको उत्थान गर्ने पनि हाम्रो योजना छ ।

sital thopa

तपाँइको यो प्रविधिको पँहुच सबै साना किसानहरुमा पुर्याउन सक्नु भएको छ त ?

पानीको सर्वोत्तम उपयोग गर्ने लघु सिंचाई प्रविधि तथा सेवाहरुको पहँुच तथा प्रयोगबाट साना किसानहरुको जीवनस्तरमा दिगो प्रगति गर्नु नै हाम्रो उद्योगको उद्धेश्य हो । यस उद्योगको अभिष्ट गरीब तथा साना किसानहरुलाई कम मूल्यमा पाइने, थोरै संभार खर्च लाग्ने आयमूलक लघु सिंचाई प्रविधिहरु आपूर्ति गरेर उनीहरुको खाद्य सुरक्षा, उर्जा र स्वास्थ्यमा सुधार गर्नु हो र हामीले ६२ डिलरमार्फत देशैभरी नै थोपा सिँचाई प्रविधि पु¥याएका छौँ, आगामी दिनहरुमा डिलरको संजाल झन विस्तार गर्ने हाम्रो योजना छ ।

अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

नेपालमा कृषिको निकै सम्भावना छ । निर्वाहमुखि कृषि होइन अब हामी व्यवसायिक रुपमै कृषिमै लागौं अनि आत्मनिर्भर बनौं । भन्ने सन्देश दिन चाहन्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ