नेप्स ३६ अंकले बढेर सूचक १७२१ अंक पुग्यो

नेप्स ३६ अंकले बढेर सूचक १७२१ अंक पुग्यो

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं,१३ असार ।

नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ले आज नयाँ रेकर्ड कायम गरेको छ । चालू आर्थिक वर्षमा लगातारजसो नयाँ रेकर्ड राख्दै आएका नेप्से सूचक ३६ अंकले बढेर १७७१ अंकमा पुगेको छ ।

०७२ असार मसान्तमा नेप्से सूचक ८६१ अंकमा थियो । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि करिब एक वर्षको अवधिमा नेप्से सूचक ९० प्रतिशतले बढेको हो ।

आजको कारोबारमा बीमा र होटल समूह बाहेक सबै समुहगत उपसूचकहरु बढेका छन् । बीमाको बीमाको ९५ र होटलको सूचक २६ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

वाणिज्य बैंक समूहको ६१ अंकले, विकास बैंक समूहको २१ अंकले, फाइनान्स कम्पनी समूहको १५, जलविद्युत समूहको १२ अंकले, उत्पादन मुलकको ४ र अन्य समूहको सूचक १ अकले बढेका छन् ।

आज १ सय ३२ कम्पनीका ४९ लाख २५ हजार कित्ता सेयर १ अर्ब ६३ करोड ९० लाख रुपैयाँमा किनबेच भएका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पूँजी ०७४ असार मसान्तसम्ममा ४ देखि २५ गुणाले बढाउनुपर्ने घोषणा गरेपछि नेप्से लगातार बढेको हो ।

त्यसैगरी, आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले सर्वसाधारणको स्वास्थ्य बीमालाई वृहत बनाउने स्किम ल्याएपछि बीमा कम्पनीहरुको सेयर गुणात्मक हिसाबले बढिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी