काठमाडौं, १३ असार ।
व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिले कृषि मन्त्रालयबाट जाने नगद अनुदान तथा रसायनिक मलको अनुदानलाई प्रभावकारी र व्यवस्थित बनाउन कृषि मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज बिहान बसेको बैठकमा सांसदहरुले वास्तविक किसानभन्दा पनि अनुदान पाईने आसमा कृषिमा लगानी गरेकाहरुले अनुदान पाइरहेको धारणा राखेका थिए । उनीहरुले वास्तविक किसानले अनुदान पाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
समितिले अनुदानमा आएको रसायनीक मल पनि बिक्री हुने गरेको र किसानसम्म नपुगेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गएाको छ ।
अनुदानका कार्यक्रमबाट मधेस तराईमा खासै उपलब्धि हुन नसकेको भन्दै अहिले ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना पनि गफमा मात्रै सीमित हुन सक्ने भन्दै सांसदहरुले चिन्ता गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline