अस्थाई साधन डिपो प्रोभेरा गुणस्तरहिन रहेको संसदीय समितिको ठहर

अस्थाई साधन डिपो प्रोभेरा गुणस्तरहिन रहेको संसदीय समितिको ठहर

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

१२ असार, काठमाडौं ।

संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले हाल बजारमा उपलब्ध कम गुणस्तरको डिपो प्रोभेराले महिलाहरुको स्वास्थ्यमा असर गरेको समितिको ठहर गरेको छ ।

समितिको आज बसेको बैठकले महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपलब्ध हुने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई बोलाएर छलफल गरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका डिपो प्रोभेरा उपलब्ध हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिमा नक्कली प्रमाणपत्रधारी चिकित्सकहरु पक्राउ परेको विषयमा पनि छलफल भएको समिति सभापति रञ्जु कुमारी झाले जानकारी दिनुभयो ।

छलफका क्रममा समितिका सदस्य राजेन्द्र पाण्डे लगायतले एकपछि अर्को नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ पर्नुले स्वास्थ्य क्षेत्र नै लज्जित भएको भन्दै सरकारले गोप्यरुपमा सबै चिकित्सकको प्रमाणपत्र छानविन गर्नुपर्ने बताउनु भयो ।

समितिका केही सदस्यहरुले भने शिक्षा र स्वास्थ्यको दायित्व सरकारले नलिंदाको परिणाम चिकित्सा क्षेत्रमा नक्कली प्रमाणपत्रधारीको संख्या बढेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी