राष्ट्र बैंकले आज १० अर्ब बराबरको ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले आज १० अर्ब बराबरको ऋणपत्र जारी गर्दै

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १२ असार ।
बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने तयारी गरेको छ ।

तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले एक सूचना मार्फत ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गर्दै आज अपराह्न ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त ऋणपत्र खरिद गर्न सक्ने जनाएको छ ।

बोलकबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको बैंकले सार्वजनिक गरेको सूचनामा जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोका रुपमा ऋणपत्र राख्न सकिने छ । पछिल्लो समय लगानीका अवसर निर्माण हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल एक खर्ब रुपैयाँ बढीको तरलता छ । तरलता व्यवस्थापन गर्न अनेकौँ उपाय अवलम्बन गर्दै आएको राष्ट्र बैंकले व्याजदर घटाएर भए पनि लगानी बढाउन अन्य बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी