१० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, ११ असार ।
नेपाल राष्ट्र बैंकले बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि भोली आइतबार रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ ।तरलतालाई केही हदसम्म भएपनि नियन्त्रण गर्ने लक्ष्यकासाथ बैंकले ऋणपत्रमार्फत् बजारबाट रकम उठाउन लागेको हो ।बैंकले एक सूचनामार्फत् ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ ।

ऋणपत्र भने बोल–कबोलबाट बिक्री–वितरण गरिने जनाइएको छ । भोली अहराह्न ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त ऋणपत्र खरिद गर्नसक्ने जनाएको छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइनमार्फत् पनि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

बोल–कबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको बैंकले सार्वजनिक गरेको सूचनामा जनाइएको छ । ऋणपत्रको ब्याजदर भने हरेक ६ महिनामा भुक्तानी दिइने छ ।

उक्त पत्र खरिद गर्न चाहनेले रु एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी रु १० अर्बसम्मका लागि आवेदन दिन सकिने छ ।बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोकारुपमा ऋणपत्र राख्न सकिने छ ।

पछिल्लो समय लगानीका अवसर निर्माण हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल रु एक खर्ब बढीको तरलता छ ।

तरलता व्यवस्थापन गर्न अनेकौं उपाय अवलम्बन गर्दै आएको बैंकले व्याजदर घटाएर भएपनि लगानी बढाउन अन्य बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी