शुभ जगदम्बा अटोमार्ट टाटाको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता

शुभ जगदम्बा अटोमार्ट टाटाको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

पोखरा, १० असार । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको गण्डकी धौलागिरी अञ्चलको आधिकारिक बिक्रेता शुभ जगदम्बा अटोमार्ट सञ्चालनमा आएको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने टाटाको आधिकारिक शोरुम अटोमार्टको शुक्रबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।
यातायात क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायीहरु केशवप्रसाद अधिकारी, ऐनकुमार साई र माधवप्रसाद गौतमले अटोमार्ट सञ्चालनमा ल्याएका हुन् ।

tata pokhara

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले शोरुमको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै श्रेष्ठले टाटाका सवारी नेपाली बजारमा निकै लोकप्रिय रहेको बताए ।
टाटा कम्पनीका प्रतिनिधी बोध मुखियाले सबै ठाउँमा पार्टस् उपलब्ध, बिक्री पछिको सेवा स्तरीय भएकाले टाटा धेरैको रोजाईमा परेको बताए ।

अटोमार्टका अध्यक्ष केशवप्रसाद अधिकारीले सिप्रदीको डिलर लिएर टाटाको गाडी पोखरामा बिक्री गर्न पाउँदा निकै हर्षित भएको बताए ।

ग्राहकको चाहना अनुसारको गुणस्तरीय सेवा आफूहरुले प्रदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात समव्वय समितिका अध्यक्ष वसन्त प्रधानले लगानी फिर्ता हुने भएकाले टाटा गाडी धेरेको रोजाइमा पर्ने धराणा राखे ।

नेपाल यातायात व्यवसायी महासंघका वर्गीय संयोजक गोकर्ण कार्कीले नेपाली बाटो सुहाउँदा गाडीहरु उत्पादन गर्न कम्पनीलाई सुझाव दिए ।

उक्त अवसरमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले बोलेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी