निजामती किताखाना मोबाइल एप्समा

निजामती किताखाना मोबाइल एप्समा

  • आइतवार, असार ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौँँ, ५ असार ।

शाखा अधिकृत सोमप्रसाद पौडेल तीस वर्षअघि गृह मन्त्रालयबाट सिटरोल दर्ता गर्न आउँदा तीन दिन कुरेर काम फत्ते नभएपछि भनसुन गर्न बाध्य हुनुभएको थियो ।

अहिले उहाँ पेन्सनपट्टा बनाउन निजामती किताबखानाका कुनै कर्मचारीलाई खुसाएर भए पनि छिट्टै काम सक्ने सोचमा हुनुहुन्थ्यो तर परिस्थिति त्यस्तो भएन । निवेदन दिएपछि कुन कर्मचारीसँग गएर झुकौँ वा चियानास्ता खुवाएर भए पनि छिट्टै काम पूरा गराँै भनी सोच्दासोच्दै आधा घन्टामै उहाँलाई पेन्सनपट्टाको पत्र लिन बोलाइहाले ।

एक घन्टा पनि कुर्न नपर्दै पेन्सनपटट्टाको काम सम्पन्न भएकामा खुसी हुनुभएका बुटवल नापी कार्यालयका ठाकुरप्रसाद गुरौ भन्नुहुन्छ – “२०४२ सालमा सिटरोल दर्ता गर्न आउँदा भने दुई दिनसम्म धाउनुपरेको थियो ।”

यस्तै प्युठान जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय सहयोगी तिलकबहादुर खत्री पनि आफ्नो अतिरिक्तमानको विवरण बुझाउन दुई दिनसम्म कुर्नुपरेको थियो तर अहिले एकै घन्टामा सकेर आफ्नो बाटो लाग्न पाएकामा खुसी भएको बताउनुुुहुन्छ ।

विगतमा ‘मासुचिउरे अड्डा’का रुपमा परिचित किताबखानाले सूचना प्रविधिको विकासले नै २०ंं६० देखि यति छिटो काम सम्पन्न गर्न सकेको हो । क्यान्टिनमा लगेर मासुचिउरा खुवाएपछि मात्र कर्मचारीले पुराना फाइल केलाउने गर्थे रे, त्यसैले यस कार्यालयलाई मासुचिउरे अड्डा भनिने गरेको सुनेको किताबखानाकै नाम नबताउने एक पुराना कर्मचारीको भनाइ छ् ।
सूचना र प्रविधिको प्रयोगबाट कार्यालयको काम सहज बनाउँदै आएको किताबखानाले केही समयभित्र कर्मचारीका सिटरोल दर्तादेखिका सबै विवरण कम्प्युटरबाटै गर्न वेबसाइट क्षमतामा विस्तार गर्न लागेको छ ।

यसपछि सम्बन्धित कर्मचारीले अनलाइनबाटै आफ्ना विवरण अध्यावधिकका लागि निवेदन दिन सक्ने र मोबाइल एप्स समेत प्रयोगमा ल्याउन सक्ने निजामहानिर्देशक गङ्गाराम गेलाल बताउनुहुन्छ ।

यस्का लागि सफट्वेयर निर्माण गर्न किताबखानाले सार्वजनिक सूचना बोलपत्र आह्वान गरिसकेको छ । किताबखानाकै निर्देशक चोकप्रसाद पौडेल भन्नुहुन्छ– कार्यालयका सबै स्थानमा सिसी टिभी राखिएको र कुन कर्मचारीले कुनबेला के कस्तो काम गरेको छ भन्ने कम्प्युटरबाटै हेर्न सकिने गरी नेटवर्कको व्यवस्थाले काममा सहजता आएको छ ।

असी हजारभन्दा बढी निजामती कर्मचारीको विवरण अध्यावधिक गर्ने किताबखाना ओझेलमा पारिएको त्यहाँका कर्मचारीको गुनासो छ । किताबखानाले कर्मचारीका सिटरोलदेखि पेन्सनपट्टासम्मका विवरण दैनिक अद्यावधिक गर्ने किताबखानामा गत जेठ २६ सम्ममा निजामती सेवाका १६ हजार ३७ महिलासहित ८३ हजार ५५८ कर्मचारीको विवरण छ ।
सामान्य प्रशासन मन्त्रालयको बेवास्ताका कारण ओझेलमा परेको मातहतको विभागका रुपमा रहेको किताबखानामा महानिर्देशकदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी सरुवा हुन हिच्किचाउँछन् । अघिल्लो वर्ष मात्र पाँच महानिर्देशकको सरुवा भइसकेको छ ।

एक सय पाँचजना कर्मचारीको दरबन्दी भएकामा हाल ६८ जना मात्र त्यहाँ कार्यरत छन् भने मुख्य काम गर्ने पाँच नासु, एक निर्देशक, एक सूचना प्रविधि इन्जिनियर लगायत कर्मचारीको दरबन्दी अझै पूरा हुन नसकेको उनीहरूको भनाइ छ ।

गत वर्षको भूकम्पका कारण टहराको बास भएको किताबखानालाई व्यवस्थित गर्ने प्रयास सफल हुन सकेन । भवन पुनःनिर्माणका लागि सामान्य प्रशासन मन्त्रालयको सहमतिमा अर्थ मन्त्रालयले सिफारिस गरी पठाए पनि पुनःनिर्माण प्राधिकरणबाट अख्तियारी आएन, कर्मचारीले पाउने गत आवको प्रोत्साहन भत्ता पनि समयमै वितरण भएको छैन ।

त्यस्तै नेतृत्व तहको परिवर्तनले नीतिनिर्माण र दैनिक कार्यमा असर पर्दैआएको छ, यति हुँदा पनि तालुकदार मन्त्रालयको बेवास्ता नै आफूहरुका लागि पीडा भएको त्यहाँका कर्मचारीको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी