रसुवामा सुख्खा बन्दरगाह बनाउने गृहकार्य तीव्र 

रसुवामा सुख्खा बन्दरगाह बनाउने गृहकार्य तीव्र 

  • बुधबार, असार १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

रसुवा ,१ असार ।

rasuwa-bandargahaसुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी  दीपक केसीका अनुसार सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ ।
करिब ५९ रोपनी जमिनको मुआब्जा स्थानीय बासिन्दाले प्राप्त गर्नेछन् ।जग्गा प्राप्ति ऐनअन्तर्गत सडकले छोएका जग्गाको रु छ लाख र नछोएका भित्री जग्गाको रु चार लाख प्रतिआना मुआब्जा निर्धारण गर्ने कार्य सम्पन्न भई वितरण गर्नुपर्ने रु ४८ करोड रकम निकासाका लागि अर्थ मन्त्रालयमा सिफारिस भइसकेको बताइएको छ ।मुआब्जा पाउनुपर्नेमा ५२ स्थानीयवासी लगायत छन् ।
टिमुरे क्षेत्रको तल्लो तटीय प्रहरी जाँचचौकीको सेरोफेरोदेखि लाङटाङ राष्ट्रिय निकुञ्जसम्म भोटेकोसी नदी आसपास क्षेत्रमा सडकभन्दा पश्चिम भागमा सुख्खा बन्दरगाह बन्ने बताइएको छ ।
यस्तै ६८ करोडको लागतमा निर्माण हुने रसुवागढी एकीकृत भवनको बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेनटाइन कार्यालय, बैंक र सुरक्षा समेतका निकाय रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी