सचिवलाई दोहोरो जिम्मेवारी दिएर अनुदान सम्झौता तिब्र पार्न निर्देशन

सचिवलाई दोहोरो जिम्मेवारी दिएर अनुदान सम्झौता तिब्र पार्न निर्देशन

  • शुक्रबार, जेष्ठ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

८ जेठ, काठमाडौं ।

सरकारले गाविस सचिवलाई दोहोरो जिम्मेवारी दिएर भएपनि पुनर्निर्माणको अनुदान सम्झौतालाई तिव्र पार्न निर्देशन दिएको छ ।

स्थानीय विकास मन्त्रालयले एउटा गाविस सचिवलाई दुई वा सोभन्दा बढी गाविसको जिम्मा दिएर भएपनि पुनर्निर्माणको अनुदान सम्झौतालाई तिव्र पार्न भूकम्पबाट प्रभावित जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयले ती जिल्लाका स्थानीय विकास अधिकारीलाई निर्देशन दिँदै भूकम्पका कारण पीडित भएकाहरुसँग गरिने अनुदान सम्झौतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न परिपत्र जारी गरेको हो।

‘पुनर्निर्माणका सन्दर्भमा लाभग्राहीसँग गरिने अनुदान सम्झौतामा हालसम्म उल्लेखनीय प्रगती हुन नसकेका कारण अनुदान वितरण कार्यमा बाधा परिरहेको अवस्थाप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएकोले ‘भूकम्पबाट पीडित भएकाहरुसँग गरिने अनुदान सम्झौता सम्बन्धी कार्यलाई प्राथमिकतामा राखि कार्यान्वयन गर्न र मानवीय कार्यमा असहयोग नगर्न निर्देशन दिईनछ मन्त्रालयको परिपत्रमा भनिएको छ ।

खालि रहेका गाविसमा सचिवका लागी लोकसेवामार्फत केही महिनामै गाविस सचिवहरुको पदपूर्ति हुने पनि मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले लोकसेवा आयोगबाट गाविस सचिवहरु सिफारिस भएर नआउँदासम्मका लागि सरुवाबाट रिक्त रहेका गाविस सचिवको पदपूर्ति गरिदिन सामान्य प्रशासन मन्त्रालयसँग पनि आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी