काठमाडौं,२१ जेठ । अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माण गर्दा विषय विशेषज्ञ संगको छलफल र राष्ट्रिय योजना आयोगले उपलव्ध गराएको सिलिङलाई आधार बजेटको विनियोजन गररेको बताउनु भएको छ । मन्त्री पौडेलले प्राप्त श्रोत र साधानलाई मध्यनजर गरी न्यायपूर्ण समतामुलुक समाज निर्माणमा न्यायोचित बजेट विनियोजन गरेको दावि गर्नु भयो ।
आर्थिक वर्ष ०७३।०७४ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा भाग लिनुभएका विभिन्न सांसदले व्यवस्थापिका संसदमा उठाउनु भएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री पौडेलले विकास निर्माणको कार्यलाई जोड दिन ठूलो आकारको बजेट प्रस्तुत गरेको बताउनु भयो ।
उहाँले आगामी दुइ वर्ष भित्र लोडसेडिङको अन्त्य गर्न बुढीगण्डकी जलविद्युत आउयोजना निर्माणमा बजेट कम हुन नदिने, बजारमा तरलताको अवस्था आउन नदिन लगानीको बातावरणमा सुधार ल्याउन करको दायरा बढाएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री पौडेलले सन्तुलित विकासका लागि सरकारले तराईका १८ जिल्लामा ९ अर्ब बजेट विनियोजन गरेका, काठमाडौं द्रतमार्ग, बुढीगण्ढकी जलविद्युत आयोजना, कृषि उद्योग ,जलस्रोत कृषिको आधुनिकीकरण, सडक, विमानस्थल ,सहरी विकास आयोजना, जलविद्युत, कृषिविमा सहकारी क्षेत्रको विकासमा सरकार सन्तुलीत रहेको बताउनुभयो ।
उहाँले आगामी बर्ष ६ दशमालव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने गरी रकम र कार्यक्रमहरुको व्यवस्था गरेको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले चालु वर्षको तुलनामा शिक्षा ,स्वास्थ इन्धन, कृषि लगायतका मन्त्रालयमा विनियोजन बृद्धि गरको,स्थानीय निकायमा बजेट वढाएको, बताउनु भयो ।
उहाँले प्रशासनीक सुधारबाट राजस्व बृद्धि गरिने, कर सहुलियतको व्यबस्था, राजस्व चुहावट नियन्त्रण गर्ने, २३ प्रतिशत राजस्व संकलन बृद्धि गर्ने, निजी क्षेत्रलाई प्रभाव नपनैृ गरी आन्तरीक ऋण उठाउने व्यवस्था गरेको र हिमाल, तराई पहाडको सन्तुलित विकासमा कटिबद्धता बजेट मार्फत अघि सारेको बताउनु भयो ।
अर्थमन्त्री पौडेलले खोपः विश्वविद्यालय स्थापना, हेटौडा अस्पातालाई ५० शैयामा बिस्तारका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै आगामी दिनमा बजेट फ्रिज हुन नदिन अधिकृत स्तरको जनशक्ति परिचालन गर्ने व्यवस्था गरेको बताउनु भयो ।
यस अघि व्यबस्थापिका संसदको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा आज संयन्त्र वान्तवा, पशुराम तामाङ, अनुराधा थापामगर, आशा चतुरबेदी दीपक गिरी, सुरेन्द्र पाण्डे, हितराज पाण्डे, मनमोहन भट्टराई, केशव बडाल, सिता नेपाली, नविन्द्र राज जोशी, धनराज गुरुङ, रामेश्वर फुयाल, रोमी गौचन थकाली लगायतका सभासदले उठाउनुभएको जिज्ञासलाई मन्त्री पौडेलले जवाफ दिनुभएको हो ।