आर्थिक वृद्धि दर ६.५ प्रतिशत सम्भव –अर्थमन्त्री

आर्थिक वृद्धि दर ६.५ प्रतिशत सम्भव –अर्थमन्त्री

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं,२१ जेठ ।
अर्थमन्त्री विष्णु पौडेलले वित्तिय अनुशासनकै आधारमा बजेट आएको भन्दै आगामी आर्थिक बर्षमा ६ दशमलभ ५ प्रतिशतको आर्थिक बृद्धि सम्भव भएको दाबी गर्नुभएको छ ।

राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा सांसदले उठाएको प्रश्नको ब्यावस्थापिका संसदमा जवाफ दिदै अर्थमन्त्री पौडेलले विकास निर्माणको कार्यलाई जोड दिन ठूलो आकारको बजेट प्रस्तुत गरेको बताउनु भयो ।

उहाले आगामी अर्थिक बर्ष २६३ ÷०७४ को बजेटमा उत्पादनलाई जोड दिईएकोले प्रभावकारी कार्यन्वयन मार्फत सरकारले लक्ष हासिल गर्ने बताउनु भयो । रिणात्मक स्थीतिमा पुगेको अर्थतन्त्रलाई माथि उकास्नलाई सरकारले बजेटमा जोड दिएको उहाको भनाई थियो ।

उहाँले बजेट निर्माण गर्दा विषय विशेषज्ञसंगको छलफल र राष्ट्रिय योजना आयोगले उपलव्ध गराएको सिलिङलाई आधार मानेको तथा प्राप्त श्रोत र साधानलाई मध्यनजर गरी न्यायपूर्ण समतामुलुक समाज निर्माणमा न्यायोचित बजेट विनियोजन गरेको दावि गर्नु भयो ।

अर्थमन्त्री पोडेलले आगामी दुइ वर्ष भित्र लोडसेडिङको अन्त्य गर्न बुढीगण्डकी जलविद्युत आउयोजना निर्माणमा बजेट कम हुन नदिने, बजारमा तरलताको अवस्था आउन नदिन लगानीको बातावरणमा सुधार ल्याउन करको दायरा बढाएको पनि स्पष्ट पार्नुभयो ।

सन्तुलित विकासका लागि सरकारले तराईका १८ जिल्लामा ९ अर्ब बजेट विनियोजन गरेका, काठमाडौं द्रतमार्ग, बुढीगण्ढकी जलविद्युत आयोजना, कृषि उद्योग ,जलस्रोत कृषिको आधुनिकीकरण, सडक, विमानस्थल ,सहरी विकास आयोजना, जलविद्युत, कृषिविमा सहकारी क्षेत्रको विकासमा सरकार सन्तुलीत रहेको बताउनुभयो ।

उहाँले आगामी बर्ष ६ दशमालव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने गरी रकम र कार्यक्रमहरुको व्यवस्था गरेको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले चालु वर्षको तुलनामा शिक्षा ,स्वास्थ इन्धन, कृषि लगायतका मन्त्रालयमा विनियोजन बृद्धि गरको,स्थानीय निकायमा बजेट वढाएको, बताउनु भयो ।

उहाँले प्रशासनीक सुधारबाट राजस्व बृद्धि गरिने, कर सहुलियतको व्यबस्था, राजस्व चुहावट नियन्त्रण गर्ने, २३ प्रतिशत राजस्व संकलन बृद्धि गर्ने, निजी क्षेत्रलाई प्रभाव नपनैृ गरी आन्तरीक ऋण उठाउने व्यवस्था गरेको र हिमाल, तराई पहाडको सन्तुलित विकासमा कटिबद्धता बजेट मार्फत अघि सारेको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले खोपः विश्वविद्यालय स्थापना, हेटौडा अस्पातालाई ५० शैयामा बिस्तारका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै आगामी दिनमा बजेट फ्रिज हुन नदिन अधिकृत स्तरको जनशक्ति परिचालन गर्ने व्यवस्था गरेको बताउनु भयो ।
यस अघि व्यबस्थापिका संसदको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सत्ता नेतृत्वकर्ता दल नेकपा(एमाले)का सांसदहरुले बजेट निकै राम्रो भएको भन्दै बजेटको पूर्ण समर्थन गरेका थिए भने सत्ता साझेदार दल नेकपा(माओवदी केन्द्र), राप्रपा नेपाल लगायतका दलका सांसहरुले आलोचनात्मक समर्थन जनाएका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेट आर्थिक अनुशासन नै तोडेल ल्याइएको, असन्तुलित र महत्वकांक्षी भन्दै बजेटको कटु आलोचना गरेका छन् भने अन्य दलका सांसदहरुले मिश्रीत प्रतिक्रिया व्यक्त गरेका थिए ।
संसदको बैठक भोली अपरान्ह तीन बजेसम्मका लागी स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी