एग्रो टाइम्स कृषि अवार्ड हुँदै

एग्रो टाइम्स कृषि अवार्ड हुँदै

  • बुधबार, जेष्ठ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

agro-times-काठमाण्डौ ,१९ जेठ ।

बिगत तिन बर्षदेखि कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मिडिया नेटवर्कद्धारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाले आफ्नो तेश्रो बार्षिकोत्सवको अवसरमा नेपालमै पहिलो कृषि अवार्ड गर्न लागेको छ ।

चौथो बर्ष प्रवेश गर्न लागेको उपलक्ष्यमा, तेश्रो बार्षिकोत्सव कार्यक्रममा सो अवार्ड वितरण गर्न लागिएको हो । कृषि क्षेत्रमा क्रियाशिल तथा नेपालको कृषि क्षेत्रको व्यवसायिकरणमा योगदान पु¥याइरहेका १० जनालाई यो अवार्ड वितरण गर्न लागिएको हो । १० जनामध्ये यसमा पनि ४ उत्कृष्ट छानिनेछ ।

बार्षिकोत्सव कार्यक्रम भाद्र महिनाको दोश्रो हप्ता गरीने र यहि कार्यक्रमको बिचमा उत्कृष्ट १० जनालाई एग्रो टाइम्स कृषि अवार्डद्धारा सम्मान पनि गरीनेछ ।

यो अवार्डको लागि आवेदन सुरु भइसकेको छ । यस अवार्डको लागि विभिन्न जिल्लामा रहेका एग्रो टाइम्सका संवाददाता तथा सिधै कार्यालयमा समेत सम्पर्क गरेर आवेदन दिन सकिन्छ । बार्षिक ग्राहक बनी सकेकाहरुलाई भने हामी आवेदन फाराम पनि पठाउने व्यवस्था मिलाइएको छ ।

व्यवसायिक रुपमा लागिरहेका र अन्यहरुलाई समेत व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्न प्रेरीत गरीरहेकाहरुले आवेदन भर्न सक्नेछन् । आवेदन पश्चात जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय लगायतका सरकारी कार्यालसँग सहकार्य गरी देशभरबाट १०० जनालाई छनौट प्रक्रियामा लगिनेछ ।

छनौटमा परेका १०० जनालाई नै बिशेष योगदान झल्किने भावसहितको कदर पत्रद्धारा सम्मान पनि गरीनेछ । त्यस पश्चात विभिन्न प्रक्रियामार्फत उत्कृष्ट १० जनालाई छनौट गरीनेछ ।

कृषि अन्तर्गत जुनसुकै क्षेत्रमा आवद्धले आवेदन दिन सकिनेछ । आवेदनको लागि रु ५००÷– शुल्क पनि लाग्नेछ । फाराम तथा जानकारी आवश्यक परेको खण्डमा एग्रो टाइम्सको कार्यालयमा सम्पर्क गरी पनि जानकारी लिन सक्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी