जेठ १८ सुखड । नेपाल एभरेष्ट बैङक सुखड शााखा कार्यलय कैलालीको मंगलबार एक कार्यक्रमको आयोजना गरि औपचारीक रुपमा उद्घाटन गरिएको छ । घोडाघोडी उद्योग वाणीज्य संघका अध्यक्ष्य चन्द्र प्रकाश चौलाईले रिवन काटेर कार्यलयको उद्घाटन गर्नुभएको हो ।
विगत २१ वर्ष देखि देशका विभिन्न ठाउमा बैकिङ सेवा दिदै आएको बैङकले केहि महिना अघि बाट सुखडमा पनि शाखा विस्तार गरि काम गरिरहेको भएपनि मंगलबार मात्रै औपचारीक रुपमा उद्घाटन गरिएको हो ।
बैङले हाल देशका विभिन्न ठाउमा ६३ शाखा, ५ वटा स्टेन्जर काउन्टर , २४ वटा राजश्व संकलन काउन्टरहरु र ८५ एटिएम काउन्टर विस्तार गरि आफ्नो सेवा विस्ता गरिरहेको छ । यसका अतिरिक्त बैङकले पिछडीएको क्षेत्रमा शिक्षा , स्वास्थ्य र पुर्वाधारको विकासको लागि विशेष सहयोग गर्दै आएको एभरेष्ट बैङक कार्यकारी अधिकृत यज्ञ अग्रावालले जानकारी दिए ।
साथै हाल सालै गउको विनासकारी भुकम्पको समयमा यस बैङक राहातका साथ साथै बैङकका सबै शाखा तथा एटिएम बाट बैङकिङ सेवा उपलब्द गराएको उनको भनाई थियो ।
यस बैङकले बैङकिङ सेवा संगै विभिन्न नया नया योजना पनि ल्याउदै आएको अधिकृत अग्रवालले जानकारी दिए । अहिले देशका विभिन्न जिल्लामा शाखा रहित बैङकिङ दिदै आउको र ग्राकले आफ्नो मोबाईलबाट पनि सेवा लिन सकिने छ । यसैगरि पञ्जाव नेश्नल बैङक बाट ईण्डो नेपाल रेमिटान्स सेवा बाट भारतका विभिन्न ठाउ बाट पनि पैसा पठाउन सकिने बैङकले जनाएको छ ।
बैङकका कार्यकारी अधिकृत यज्ञ अग्रावालको अध्यक्ष्यतामा भएको कार्यक्रममा घोडाघोडी नगरपालीकाका कार्यकारी अधिकृत मंगल बहादुर शाही, सुखडका बरिष्ट व्यापारी जीयालाल आर्चाय, ईलाका प्रहरी कार्यलय सुखडका प्रहरी निरिक्षक नृप बहादुर शाह, विभिन्न राजनीतिक दल, सुखडका स्थानीय व्यपारी, शिक्षक लगाएतकाको सहभागिता रहेको थियो ।