काठमाण्डौ ।
बदेल लगायतका बन्यजन्तुको मासु बिक्रिमा सरकारले रोक लगाएको छ ।
काठमाण्डौं उपत्यका स्तरीय वन्यजन्तु नियन्त्रण ब्यूरोका अनुसार अबदेखि बदेल तथा अन्य वन्यजन्तुको मासु बिक्रि वितरणमा रोक लगाईएको हो ।
काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुमा मासु पसलको अनुगमन समेत गरेको ब्युरोले जनाएको छ ।
जिल्ला वन कार्यालय, काठमाण्डौं तथा महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको संयुक्त अनुगमन टोलीले सोह्रखुट्टे र ठमेल क्षेत्रमा पर्ने ३ मासु पसलको अनुगमन गरेको थियो ।
नएन मिट शप सोह्रखुट्टे, मिट शप ठमेल र राजु मिट शप ठमेलमा अनुगमन गर्दा बदेलको मासु बिक्रि गरिरहेको पाईएकोले अबदेखि त्यस्तो कार्य नगर्न सचेत पनि गराईएको जनाईएको छ ।
निर्वाध रुपमा बदेलको मासु बिक्रि भईरहेको सुचनाका आधारमा गएको अनुगमन टोलीले पहिलो चरणमा मासु पसलेलाई सचेत गराईएको भन्दै पुन यस्तो कार्य दोहोर्याएमा कानुन अनुसार कार्वाहि प्रक्रिया सुरु गरिने बताएको छ ।
काठमाण्डौं उपत्यका स्तरीय वन्यजन्तु नियन्त्रण ब्यूरोको बैठकले यहि बैसाख ६ गते बदेल तथा अन्य बन्यजन्तुको मासु बिक्रिमा रोक लगाउने निर्णय गरेको थियो ।




