कृषिबाली धितो राखेर ऋण लिन सकिने

कृषिबाली धितो राखेर ऋण लिन सकिने

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

जेष्ठ १५ काठमाण्डौं ।

सरकारले कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरेको छ । बजेटमा मुख्यबालीहरुको मुल्य बाली लगाउनुअघि नै तोकिने उल्लेख गरिएको छ ।

यस्तै विउ तथा बालीको संरक्षण र माटो परीक्षण सेवा दिइने व्यवस्था गरिएको छ । त्यसका लागि कृषकलाई माटो परीक्षण ब्याग उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
यस्तै कृषिको सुपर जोन प्रत्येक प्रदेशमा स्थापना गरिने पनि बजेटमा उल्लेख छ ।
प्रधानमन्त्री कृषि आधनिककीकरण आयोजना सुरु गर्नका लागी ५ अर्ब बजेट छुट्याइएको छ ।

प्रत्येक प्रदेशमा १ हजार हेक्टरका कृषि जोन स्थापना गरिनेछ । प्रत्येक क्षेत्रमा १०० हेक्टर क्षेत्रका २ ब्लक बनाईने र प्रदेशमा १ हजार हेक्टर क्षेत्रका सुपर जोन बनाउने उल्लेख छ ।

कृषि उद्यमीहरुका लागि प्राविधिक शिक्षालय बनाउनुका साथै उत्पादनमा आधारित कृषि विमा कार्यक्रम सुरु गरिने भएको छ ।

चैतेधान उत्पादन वृद्धिको कार्यक्रम ३५ जिल्लमा विस्तार गर्नुका साथै अन्य कृषि बालीको लागि पनि उत्पादन प्रोत्साहन गरिनेछ । हुलाकी र पुष्पलाल राजमार्ग आसपासका क्षेत्रमा फलफुल जंगल विकास कार्यक्रम सुरु गरिने व्यावस्था छ ।

मलमा अनुदान लगायतका कार्यक्रमका लागि ५ अर्ब ४७ करोड वजेट बिनियोजन गरिएको छ । ७५ हजार जैतुनको बिरुवा वितरण गर्ने उल्लेख छ ।

मिल्क होलिडे समस्या समाधान गर्न बुटबलमा प्रशोधन केन्द्र बनाईने र आगागी एकवर्ष भित्र अण्डा, दुईवर्षमा मासु , तीन वर्षमा दूधमा आत्मनिर्भर बनाउन ८ अर्ब ४६ करोड रुपैयाा बिनियोजन गरिएको छ ।

किसानलाई चार समूहमा किसानलाई बर्गिकरण गरिने र किसान आयोग गठन गरिनेउल्लेख छ । ५ वर्ष्भित्र सम्पूर्ण कृषियोग्य भूमिमा सिंचाइको व्यवस्था हुने गरी काम गरिने र ११ जिल्लामा सम्बृद्ध तराई मधेस संचाइ अभियानका लागी २ अर्ब विनियोजन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी