यस्तो आउँदैछ बजेट

यस्तो आउँदैछ बजेट

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

१५ जेठ, काठमाडो
सरकारले आगामि अर्थिक वर्ष २०७३/०७४ को बजेट आज सार्वजनिक गर्दैछ । १० खर्ब २५ अर्ब बराबरको ले आज दिउसो ४ बजे संसदमा प्रस्तुत गर्दैछन् । बजेटले भुकम्प पुर्ननिर्माण, विकास पुर्वाधार निमार्ण र सामाजिक सुरक्षा देखि प्रधानमन्त्रीले वेलाबखत बाँढ्ने गरेका आश्वासन सम्म समेटिने अनुमानछ । बजेट ले अर्थतन्त्रमा दिर्घकालिन बोझ पर्ने केहि कार्यक्रमहरु पनि अगाडी सारेकोछ । बजेटले ६.५ प्रतिशतको महत्वकांक्षि आर्थिक वृद्धिको लक्ष राखेको छ, भने चालु अर्थिकवर्षमा वृद्धिदर ०.७७ प्रतिशतमा खुम्चिएको अवस्था छ ।

के के आउँदैछनbajet

  •  बजेटले सात प्रदेशमा कम्तीमा एक–एक ओटा ठूला आयोजना पर्नेगरी योजना निर्धारण गरिने स्रोतले बताएकोछ । संघियता कार्यान्वयन र भावि प्रदेशहरुलाई बलियो बनाउन बजेटका कार्यक्रममा ध्यान दिईएको छ स्रोतले मिर्मिरे अनलाईन संग भन्यो । ड्ड भूकम्प पुर्ननिमार्णमा यस पटक दोब्बर रकम छुट्याइने भएकोछ । चालु अर्थिक वर्षमा यो शिर्षकमा ९१ अर्ब बिनियोजन गरिएको थियो भने यसबालई बढाएर एक खर्ब ५० अर्ब पु¥याइने भएकोछ ।
  • त्यस्तै बजेटले प्रधानमन्त्रीका विकास सम्बन्धी आश्वासनहरु पनि यस बजेट मार्फत समेटिने भएकाछन् । २ वर्षमा लोडसेडिको अन्त्य, चुलोमा ग्यासको पाईप, सडक, रेलमार्ग जस्ता विषयमा प्रधानमन्त्रीका प्रतिवद्धता पुरागर्ने योजना पनि बजेटमा समावेस गरिको स्रोतले बतायो ।
  • एमाले सरकाका बेजेटमा लोकपृय कार्यक्रम आउने परम्परालाई निरन्तरता दिदै सरकारले सामाजिक सुरक्षा अन्र्तगत पुराना कार्यक्रमलाई निरन्तरता दिदै केहि नयाँ कार्यक्रम पनि आउने भएकोछ । मासिक एक हजार दिदै आईएको वृद्ध भत्तालई बढाएर १५ सय बनाउने तयारीछ । आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम पुन विउँझिने भएकोछ । त्यस्तै नयाँ कार्यक्रमहरुमा युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा रिण, किसानलाई समाजिक सुरक्षा, जेष्ठ नागरिक स्वास्थ्य विमा, पत्रकारलाई पेन्सन, भुकम्प प्रभावित क्षत्रमा एक घर एक रोजारी लगाएतका कार्यक्रमहरु समेटीने स्रोतले बतायो ।
  •  सरकारी कर्मचरीहरुको तलब बढाउने तयारीमा पनि सरकार छ । कर्मचारीहरुको तलम न्यूनतम १६ देखि २२ प्रतिशत सम्म बढाउने तयारी रहेको स्रोतले बतायो ।ड्ड बजेटले अर्थतन्त्रमा दिर्घकालिन भार पर्ने क्षत्रमा पनि बजेट बढाएकोछ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत अहिले दिदै आएको १ करोड ५० लाखलाई दुई करेड ५० लाख बनाउने तयारी गरिएकोछ । संसद विकास कोषलाई २० लखबबाट ५० लख दिने योजनाछ ।

प्राथमिकतामा परेका विकास आयोजना

सरकारले बुढि गण्डकी जलविधिुत आयोजना, काठमाडौ–तराई–मधेस फास्ट ट्रयाक, निजगढ अन्र्तराष्ट्रिय विमानस्थल, पुर्वपश्चिम रेलमार्ग, केरुङ–काठमाडौ–पोखरा–लुम्बिीनी रेलमार्ग, गल्छि रसुवागढी सडक तथा थिमाथांका नाकाबाट चीन प्रवेश गर्न सडक निर्माणका लागि बजेट छुट्याउने तयारी गरेकोछ ।
पूर्वी तराईमा कन्काई सिचाई आयोजना, जनकपुर विकास कार्यक्रम र लुम्बिनी विकास कार्यक्रम अगाडी बढाउने योजना सरकारकोछ । हरेक प्रदेशमा ११ विघा क्षत्रपलको एउटा एक–एक ओटा औधोगिक क्षत्र निर्माण गर्ने योजना सरकारकोछ ।
ड्ड चालु वर्षको बजेटमा नै उल्लेख भएको पुर्वाधार वैङ्क स्थापनाको घोषणा यो वर्षपनि हुदैछ । चालु वर्षकै बजेट मार्फत अघि बढाईएको कालिगण्डकी करिडोर, कोशी कारिडोर र कर्णली करिडोरको लागि बजेट छुट्याउने तयारीछ ।

कसरी जुटाउने स्रोत
सरकारले ५५ प्रतिशत रकम राजस्वबाट व्यवस्थापन गर्ने तयारी गरेको छ । सरकाकारले आगामि आर्थिक वर्षमा पाँच खर्ब ५० अर्ब राजस्व संकलनको तयारी गरेकोछ । यो रकम चालू आर्थिक वर्षको लक्ष्यभन्दा ७५ अर्ब धेरै हो । चालू आवमा सरकारले चार खर्ब ७५ अर्ब राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, नाकाबन्दीका कारण सरकारी लक्ष्य पूरा नहुने देखिएको छ । चालू आर्थिक वर्षको बजेटबाट दुई खर्ब रुपैयाँ बजेट बचत हुने अनुमान अर्थ मन्त्रालयको छ । यसबाट एक खर्ब रकम आगामी वर्ष खर्च गर्ने तयारी सरकारको छ ।
सरकाले राजस्व असुलीलाई १८ प्रतिशतले बढाउने लक्ष राखेकोछ । यस्तै आगमि वर्ष दुई खर्ब ७० अर्ब देखि ३ खर्ब सम्म वैदेशिक अनुदान तथा रिणको जोहो गर्ने सरकारको योजनाछ । यी दुई स्रोतबाट अपुग हुने रकम आन्तरिक तथा वैदेशिक ऋण तथा अनुदानबाट प्राप्त गर्ने सोच सरकारको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी