जिडिपी बृद्धिदर ० दशमलभ ७७ प्रतिशत हुने प्रक्षेपण

जिडिपी बृद्धिदर ० दशमलभ ७७ प्रतिशत हुने प्रक्षेपण

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाण्डौ ,१३ जेठ ।

सरकारले चालु आर्थिक बर्षको कुल ग्राहस्थ उत्पादन जिडिपी बृद्धिदर ० दशमलभ ७७ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

ब्यावस्थापिका संसद बैठकमा आज अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभयो ।

देशका आर्थिक वृद्धिदर १३ वर्ष यताकै कम रहने प्रक्षेपण गर्दै सरकारले भूकम्प, कृषि उत्पादनमा कमी, नाकाबन्दी जस्ता कारणले आर्थिक क्षेत्रमा संकुचित आएको जनाएको छ ।

गएको वर्ष वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो । चालु आर्थिक वर्षमा मूल्यवृद्धि ९ दशमलव ७ प्रतिशत भएको छ ।
चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धि ० दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आएको छ भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।

यो वर्ष ४ खर्ब ७५ अर्ब एक करोड राजस्व संकलन हुने अनुमान गरिएकामा बितेका आठ महिनामा २ खर्ब ३१ अर्ब सात करोड मात्र संकलन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । वैदेशिक अनुदान खर्च अन्यन्त न्यून देखिएको छ ।

एक खर्ब १० अर्ब ९२ करोड परिचालन हुने अनुमान गरिएकामा जम्मा ११ अर्ब ५७ करोडमात्र खर्च गर्न सकिएको छ । गत वर्ष १४ अर्ब ३० करोड वैदेशिक अनुदान खर्च भएको थियो ।
चालु आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८ दशमलव ४ प्रतिशतले बढेर १८ खर्ब ३० अर्ब ६२ करोड पुगेको छ भने यही अवधिमा १४ खर्ब ८२ अर्ब ९६ करोड कर्जा प्रवाह भइसकेको छ । यस्तै, बितेका आठ महिनामा बस्तु आयात १३ दशमलव ९ प्रतिशतले घटेर ४ खर्ब ३५ अर्ब ८० करोड पुगेको छ । व्यापार घाटा गएको वर्ष भन्दा १२ दशमलव ५ प्रतिशतले घटेको छ ।

त्यस्तै गएको आठ महिनामा समग्र शोधनान्तर स्थिति एक खर्ब ५८ अर्ब १८ करोडले बचतमा रहेको छ । त्यस्तै विप्रेषण आय १५ दशमलव २ प्रतिशतले बढेर चार खर्ब २७ अर्ब २७ करोड पुगेको छ ।
अघिल्लो आवमा विप्रेषण आयमा चार प्रतिशतले वृद्धि भएको थियो । चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण भएको हो ।

यो आर्थिक वर्षमा ६ हजार ३२८ वटा उद्योग दर्ता भएर त्यसमा १० खर्ब ८४ अर्ब लगानी भई पाँच लाख १२ हजार १ सय ५९ ले रोजगारी पाएको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यो अवधिमा एक खर्ब ८९ अर्बभन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ । जसबाट दुई लाख ११ अजार ८ सय ४३ रोजगारीका अवसर सिर्जना हुने अनुमान सर्वेक्षणमा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी