१० हजार मेट्रिक टन ग्यास नेपाल भित्र्याउने तयारी

१० हजार मेट्रिक टन ग्यास नेपाल भित्र्याउने तयारी

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १० जेठ ।
भारतको उडिसा राज्यस्थित सामुद्रीक बन्दरगाह पाराद्विपबाट झण्डै १० हजार मेट्रिक टन ग्यास नेपाल भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नाकाबन्दी हटेको तीन महिनासम्म पनि काठमाडौंमा खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेपछि भारतीय आयल निगमकै प्रस्तावमा आपूर्ति मन्त्रालयले ग्यास पाराद्विप प्रशोधन केन्द्रबाट आयात गर्ने निधो गरेको हो ।

पाराद्विपबाट ग्यास नेपाल भित्रिएपछि काठमाडौं लगायतका सहरमा रहेको ग्यासको अभाव हट्ने आपूर्ति सचिव श्रीधर सापकोटाले बताउनु भयो ।

सचिव सापकोटाका अनुसार नयाँ प्रस्तावका बारे नेपाल आयल निगमको संचालक समितिले यसै साता भित्रमा अन्तिम निर्णय दिने जनाएका छन् ।

पाराद्विप प्रशोधन केन्द्रबाट ग्यास खरिद गरेर वीरगन्ज हुँदै नेपाल भित्र्याउने प्रकृयासम्बन्धी संवादको थालनी भारतका लागि निवर्तमान राजदुत दीपकुमार उपाध्यायले अगाडी बढाउनु भएको थियो ।

भारतको आन्तरिक मागमा देखिएको चापका कारण नयाँ प्रशोधन केन्द्र पाराद्विपबाट ग्यास दिन भारत सहमत भएको हो । हाल नेपालमा मासिक ३७ हजार मेट्रिक टन ग्यासको माग रहेको छ । गत अप्रिल महिनामा भारतबाट लगभग २७ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी