शेयर बजार माथि चढ्दै

शेयर बजार माथि चढ्दै

  • आइतवार, जेष्ठ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

जेष्ठ ९ काठमाण्डौं । शेयर बजार परिसूचक नेप्सेले १५ सयको नयाँ उचाई कायम गर्दैछ । यो साता नेप्से दोहोरो अंकले बढेर १५ सय पुग्नै लागेको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब २२ अंकले बढेर अन्तिम दिन १४ सय ९९ बिन्दूमा पुग्यो ।

यो साता अन्य र उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आएसँगै नेप्से दोहोरो अंकले बढेको हो ।

बीमा समूह सबैभन्दा १ सय ५४ अंकले बढ्यो । यस्तै, वाणिज्य बैंक २६ र विकास बैंक समूह पनि २४ अंकले बढे । व्यापार समूह भने स्थिर रह्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीहरुको चार अर्ब २९ करोड ३७ लाख रुपैयाँ बराबरका ६९ लाख ६१ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ४९ कम्पनीहरुको पाँच अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरका ८४ लाख १४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम भने गत साताकोभन्दा करिब १९ प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा नबिल ब्यालेन्स फन्ड १ र कारोबार संख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी