काठमाण्डौ ५ जेठ ।
उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।
नारायण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।
लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अनुसन्धान गर्न भन्दै कारागार चलान गरेको श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline