त्रिवर्षीय योजनामा आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत

त्रिवर्षीय योजनामा आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत

  • मङ्लबार, जेष्ठ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, जेठ ४ – १४ औँ त्रिवर्षीय योजना (विसं २०७३/०७४–०७५/०७६) ले वार्षिक सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिने भएको छ ।

योजनाको मस्यौदालाई सुझावसहित पारित गर्दै आइतबारदेखि सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकले सामाजिक न्यायको सिद्धान्त अनुरुप योजना वितरण गरी रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई १४ औँ योजनामा प्राथमिकता दिन सुझाव दिएको छ ।
बैठकको सोमबार समापन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले १३ औँ योजनाका कतिपय लक्ष्यलाई राजनीतिक सङ्क्रमण, भूकम्प, नाकाबन्दी र विद्युत् आपूर्तिको कमीका कारण हासिल गर्न सकिएन, त्यसलाई १४ औँ योजना कार्यान्वयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
१५ दिनभित्र १४ औँ योजनाको आधारपत्रलाई बैठकमा आएको सुझाव समेटेर अन्तिम रुप दिई प्रकाशन गरिने आयोगले जनाएको छ । बैठकको समापन गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधानसभाबाट जारी भएको संविधानका उपलब्धीलाई आर्थिक, सामाजिक परिवर्तनका माध्यमबाट रुपान्तरण गरिनुपर्ने बताउनुभयो ।
आयोगका सदस्य सुरेशमान श्रेष्ठले १४ औँ योजनाको आधारपत्रलाई अन्तिम रुप दिन बैठकमा आएका सुझावले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी