पुनर्निर्माणका लागि ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा

पुनर्निर्माणका लागि ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा

  • सोमवार, जेष्ठ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ ३ जेठ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि विभिन्न जिल्ला विकास समितिलाई ११ अर्ब ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ ।

उक्त मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार धादिङमा ११ करोड ३३ लाख ५० हजार, दोलखामा २ अर्ब २२ करोड २५ लाख ५० हजार, काभ्रेमा १ अर्ब ९६ करोड ५० लाख, सिन्धुपाल्चोकमा १ अर्ब ७६ करोड ५४ लाख, नुवाकोटमा १ अर्ब ४८ करोड ८१ लाख र रसुवामा २६ करोड १५ लाख ५० हजार रुपैयाँ निकासा गरिएको हो ।

यस्तै गोरखामा २१ करोड ४५ लाख, ओखलढुङ्गामा ७४ करोड ९२ लाख ५० हजार, सिन्धुलीमा ७ करोड ५० लाख र मकवानपुरमा ३७ करोड ६ लाख रुपैयाँ घर बनाउन निकासा गरिएको छ ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले अनुदान वितरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४१ करोड रकम निकास गरेको थियो ।

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीनवटै बैंकिङ एशोसियसनले गरेको निर्णय अनुसार भूकम्प अति प्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाहरुको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएको छ ।

यसै अनुसार जिल्ला विकास समिति र बैंकहरुबीच हुने सम्झौताका आधारमा घरधनीहरुले रकम प्राप्त गर्न सक्ने प्राधीकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी