भूकम्पपछिको पुनरनिर्माणका लागि आज पन्चवर्षिय योजना सार्वजनिक हुदै

भूकम्पपछिको पुनरनिर्माणका लागि आज पन्चवर्षिय योजना सार्वजनिक हुदै

  • बिहिबार, बैशाख ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ ,३० वैशाख ।
विनाशकारी भूकम्प गएको एक वर्षपछि सरकारले आज भूकम्पपछिको पुननिर्माणका लागि तयार पारेको पन्चवर्षिय योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

आज साँझ पाँच बजे एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणका लागि प्राधिकरणले तयार पारेको योजना सार्वजनिक गर्ने तयारी गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार पारेको भूकम्पपछिको आवश्यकता पहिचानमा छुटेका कार्यक्रमलाई पञ्चवर्षीय योजनामा समेटिएको प्राधिकरणका प्रवक्ता ताराप्रसाद थपलियाले जानकारी दिनुभयो ।

सरकारले पञ्चवर्षीय योजना सार्वजनिक गरेसँगै दाताहरुलाई यसअघि प्रतिवद्धता जनाएको सहयोग दिन नैतिक दवाव पर्ने प्राधिकरणको बुझाई छ ।

पुनः निर्माणका लागी दातृ निकायबाट ४ खर्ब ४० अर्ब रुपैया सहयोगको प्रतिवद्धता आएपनि अहिलेसम्म १ खर्ब ५० अर्ब रुपैया मात्र सरकारलाई प्राप्त भएको छ ।

भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनरनिर्माण सम्बन्धी योजना नल्याएको भन्दै विभिन्न क्षेत्रबाट प्राधिकरणको आलोचना हुदै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी