प्रहरीद्धारा बैदेशिक रोजगार विभागमा छापा,श्रम स्विकृती शाखा नियन्त्रणमा 

प्रहरीद्धारा बैदेशिक रोजगार विभागमा छापा,श्रम स्विकृती शाखा नियन्त्रणमा 

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

काठमाण्डौ ,२७ बैशाख ।
नक्कली काजपत्र बनाई बैदेशिक रोजगारका लागि विदेश हिँडेका एक कामदार पक्राउ परेलगत्तै प्रहरीले बैदेशिक रोजगार विभागमा छापा मारेको छ ।

वैदेशिक रोजगार व्यवसायीको मिलेमतोमा नेपाली कामदारलाई अवैध रुपमा विदेश लैजान लागिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले विभागमा छापा मारेको हो ।

महानगरीय प्रहारी अपराध महाशाखाले आज बिहान नक्कली काजपत्र लिएर रोजगारका लागि विदेश हिँडेका एक कामदारलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । पहिलोपटक विदेश जान लागेको उनको पासपोर्टमा रि–ईन्ट्रीको भिसा हानिएको भन्दै प्रहरीले पक्रउ गरेको हो ।

विमानस्थलबाट कामदार पक्राउ गरेलगत्तै महाशाखाले वैदेशिक रोजगार विभागको ताहचलस्थित श्रम स्विकृती शाखालाई नियन्त्रणमा लिएर प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार कर्मचारीको मिलोमतोबीना अवैध काम हुन नसक्ने भन्दै विभागमा पनि छापा मारेको हो ।

यस्तै प्रहरीले राजधानीको गौशलास्थित हिमालय रेन्डपान्डा ट्राभल, किङ अकबर टुर एन्ड ट्राभल, सिटी टुर एन्ड ट्राभल तथा इन्टरनेशनल ट्रेड लिंकमा पनि छापा मारेको छ । त्यहाँबाट प्रहरीले नक्कली होलोग्राम तथा श्रम स्विकृतिको स्टिकरहरु फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।

विभागको ताहचल शाखा प्रमुख शत्रुघ्नप्रसाद साहले कार्यालय प्रहरीको नियन्त्रणमा रहेको पुष्टि गर्दै प्रहरी अनुसन्धान सकिएपछि कार्यालयको काम सञ्चालन हुने जानकारी दिनुभयो ।
यसैबीच, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले श्रम विभागका निलम्बित कर्मचारी सुशील शाक्यलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा हुने मिलोमतोमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । विभागमा कम्युटर अपरेटरको काम गर्ने उनी हाल अन्य ट्राभल एजेन्सीमा आवद्ध रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी