ट्रेड युनियनको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियन विजयी

ट्रेड युनियनको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियन विजयी

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ, १३ बैशाख ।

नेपाल आयल निगम लिमिटेडमा आधिकारिक ट्रेड युनियनका लागि भएको निर्वाचनमा स्वतन्त्र कर्मचारी युनियन प्यानल बिजयी भएको छ ।

केही बेरअघि सम्पन्न भएको मत परिणाम अनुसार स्वतन्त्र कर्मचारी युनियन १९४ मतका साथ बिजयी भएको हो ।

प्रतिस्पर्धीमा नेपाल आयल निगम कर्मचारी संघले १८५ मत पायो भने नेपाल राष्ट्रिय कर्मचारी संगठनले १६० मत मात्र प्राप्त गर्न सक्यो ।

आज भएको युनियनको चुनावमा देशभरका करिब ५ सय ५८ मतदाता रहेकोमा ५ सय ४१ जनाले मतदान गरेका थिए ।

यसअघि काठमाण्डौको मुख्य कार्यालय बबरमहल, एयरपोर्ट डिपो सिनामंगल, थानकोट डिपो थानकोट , अमलेखगन्ज , भैरहवा , बिराटनगर लगायत देशभरका अन्य क्षत्रीय डिपोहरु गरि १३ वटा क्षेत्रिय डिपोमा चुनाव भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी