ऐतिहासिक सम्पदाको पुनर्निमाणकार्य आजबाट सुरु

ऐतिहासिक सम्पदाको पुनर्निमाणकार्य आजबाट सुरु

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ ,१३ वैशाख ।

सरकारले विनाशकारी भूकम्प गएको एक वर्षपछि काठमाण्डौ उपत्यकामा रहेका ऐतिहासिक धार्मिक सम्पदा क्षेत्रको पुनर्निमाण सुरु गरेको छ ।

प्रधानमन्त्री केपि शर्मा ओली , नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ,एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एकसाथ उपत्यकाका तीन जिल्ला काठमाण्डौ , ललितपुर र भत्तपुरका बिभिन्न ऐतिहासिक सम्पदाको पुननिर्माणको सुरुवात गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज बिहान ९ बजे काठमाण्डौको स्वयम्भुनाथ परिसरमा रहेको अनन्तपूर सम्पदाको शिलान्यास गरि धार्मिक सम्पदा पुनरनिर्माण कार्य सुरु गर्नुभयो ।

हनुमान ढोका परिसरको वंशागोपाल मन्दिरको निर्माण कार्य पनि आजबाट सुरु भएको छ । ललितपूरको मणिमण्डव र भक्तपूरको फसिदेग मन्दिरको पनि आजै निर्माण कार्य सुरु गरिएको छ ।

यस्तै, सस्कृति पर्यटन तथा नागरिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमार्फत पुरातत्व बिभागले काठमाण्डौको साखुमा रहेको खड्गयोगिनी मन्दिरको पुननिर्माण सुरु गरेको छ ।

यसैगरी शिक्षामन्त्रालयको सहकार्यमा आजैबाट भूकम्प प्रभावित जिल्लामा एक एक ओटा विद्यालय भवनको निर्माण कार्य पनि सुरु गरिएको छ ।

यसैबीच , अनन्तपूर सम्पदाको शिलान्यास गरिसकेपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कामले आजैबाट गति लिएको भन्दै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण चाँडै हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारको पहिलो प्राथमिकता जनतालाई सुविधायुक्त छानामुनी ल्याउने भएको भन्दै प्रधानमन्त्री ओलीले आफूले यसलाई गति दिन निर्देशन दिइसकेको बताउनु भयो ।

सरकार भूकम्प पीडितको गाँस, बास र कपासको व्यवस्थापनका लागि प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले जनताका लागि केही गरेन भनेर दुखेसो गर्नु उचित नभएको पनि स्पष्ट पार्नुभएको छ ।

नेपाली सम्पदा, धरोहरहरु विश्वकै उत्कृष्ट रहेकोले यसको पुननिर्माण कार्य पुरातत्व विभागले गर्ने भन्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कार्यलाई सहयोग गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले स्वयम्भू क्षेत्रका क्षतिग्रस्त संरचना टासी गुल्म चैत्य, कर्मराज गुल्म, शान्तिपुर मन्दिर र प्रतापपुरको पुनर्निर्माण गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी