बैशाख ७, काठमाडौं ।
सरकारले आगामि आर्थिक वर्ष २०७३ ÷७४ लागि ९ खर्ब ९ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
व्यवस्थापिका संसदको अर्थ समितिमा बजेटको सिलिङबारे जानकारी दिँदै योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले आगामी आर्थिक वर्षको लागी ९ खर्ब ९ अर्बको बजेट ल्याउने तयारी भएको जानकारी गराउनुभएको हो ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले संघीय प्रणालीलाई मध्यनजर गर्दै सरकाले बजेट सार्वजनिक गर्न लागेको जानकारी दिनुभयो । कृषि, उर्जा र पर्यटन बजेटको प्राथामिकता रहेको मन्त्री पौडेलको भनाई थियो ।
अर्थमन्त्रीको हतारोका कारण समिति बैठक धेरैबेर बस्न सकेन । पूर्व बजेट छलफल भनेर बैठक बोलाइएपनि अर्थमन्त्री पौडेल व्यस्त भएपछि बैठक केहीबेर मात्र बसेको थियो ।
समिति सदस्य भरतमोहन अधिकारीले अर्थमन्त्री पौडेलको समय तय गरी विस्तृत छलफल गर्नुपर्ने प्रस्ताव गरेपछि समितिको बैठक केही दिनपछि सरोकारवाला सबैपक्षको सहभागीतामा बस्ने भएको छ ।