लमजुङ, ३ बैशाख । लमजुङको भुजुङमा एक सय बढी भेडाबाख्रा मरेका छन् । पशुमा लाग्ने पीपीआर रोगको संक्रमणबाट करिब एक महिनाको अवधिमा गोठमा पालिएका एक सय बढी भेडा मरेका हुन् ।
चैतको पहिलो सातादेखि भेडाहरु मर्न थालेका स्थानीय ३५ घर–परिवारको सामूहिक गोठ हेर्दै आएका बेले गुरुङले बताउनुभयो । भुजुङमा स्थानीयले सामूहिकरुपमा भेडा पाल्दै आएका छन् ।
गाँउको तीनओटै गोठमा पीपीआर रोग फैलिएको जिल्ला पशुसेवा कार्यालय लमजुङका पशु चिकित्सक नारायण कुसुमले जानमकारी गराउनुभयो ।
पशुचिकित्सक कुसुमले बिरामी भेडाको लक्षण हेर्दा पीपीआर रोग लागेको बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline