काठमाण्डौ डाइविटिजको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

काठमाण्डौ डाइविटिजको निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

  • बुधबार, बैशाख १, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

चैत्र ३० काठमाण्डौं । काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले आयोजना गरेको मधुमेह, थाइराइड तथा हर्मोन रोगसम्वन्धी निशुल्क स्वास्थ्य शिबिरमा एक हजार पा“च सय बिरामीले बिशेषज्ञ सेवा प्राप्त गरेका छन् ।

ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा मंगलवार सम्पन्न ५ दिने स्वास्थ्य शिबिरमा मधुमेह, थाइराइड तथा हर्मोन रोग सम्वन्धी बिरामीको उल्लेख्य उपस्थिति रहेको थियो ।

शिबिरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गर्दा कतिपय कम उमेर समुहका बिरामीलाई समेत मधुमेह र थाइराइडको समस्या देखिएको मधुमेह, थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ डा. अंशुमाली जोशीले बताए ।

डा. जोशीका अनुसार अस्वथकर जीवनशैली, शारिरीक व्यामको कमी लगायत कारण धेरै जसो बिरामी मधुमेहको जोखिममा परेका छन् ।

यस्तै कम उमेर समुहको बिरामीमा थाइराइडका साथै मधुमेहको समेत समस्या देखिएको डा. जोशी बताए । शिबिरमा सहाभागी बिरामीलाई मधुमेह, थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ डा. जोशी र डा. प्रियादर्शनी योञ्जनले बिशेषज्ञ परामर्श सेवा प्रदान गरेका थिए । शिबिरमा सहभागी बिरामीको निशुल्क ल्याव परिक्षण गरिएको थियो भने एक महिनासम्मका लागी औषधी समेत निशुल्क बितरण गरिएको थियो ।

काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले आफ्नो औपचारिक सेवा शुभारम्भको अवसर पारेर ५ दिने निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी