पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास सम्पन्न

पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास सम्पन्न

  • बुधबार, बैशाख १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

पोखरा, १ बैशाख ।
बहुप्रतिक्षित पोखरा अन्तराष्ट्रिय विमानस्थलको आज शिलान्यास गरिएको छ । नया वर्षको अवसरमा आज आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गर्नुभएको हो ।

चिनियाा एक्जिम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त विमानस्थलको ठेक्का चिनियाँ कम्पनी सिएएमसीले पाएको छ ।

कार्यक्रममा सिएएमसीका प्रमुख भिउ एनले सन् २०२० को जुलाइसम्ममा विमानस्थलले सेवा सुचारु गर्ने गरी निर्माण कार्यअघि बढाउने बताउनु भयो ।

यस्तै अर्थमन्त्री विष्णु पौडेलले नागरिक उड्डायन प्राधिकरणसँगको केही कागजी प्रक्रिया सकिए लगत्तै निर्माण कार्य सुरु हुने बताउनु भयो ।

कार्यक्रममा सत्तारुढ दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा सरकारका सबै मन्त्री जसो मन्त्री सहित सरकारी उच्च अधिकारीहरुको सहभागिता रहेको  थियो ।

४० वर्ष अघि ३ हजार १ सय ६ रोपनि जग्गा अधिग्रहण गरि निमार्ण गरिने भनिएको विमानस्थलका लागी अपुग जग्गा पुनः अधिग्रहण गरि निर्माणको योजना छ ।

२५ सय मिटर लामो धावन मार्ग रहने विमानस्थल सन् २०१७ को अन्तिम सम्मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । विमानस्थल २२ अर्बको लागतमा निर्माण गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी