चिनिया लगानी नेपालका लागि आवश्यक : नेता नेपाल

चिनिया लगानी नेपालका लागि आवश्यक : नेता नेपाल

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २९ चैत्र, सोमवार ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले चिनिया लगानी नेपालको लागि आवश्यक रहेकोे बताउनु भएको छ ।
नेपाल–चीन बाणिज्य मैत्री संघको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका चिनिया लगानीकर्ताहरुसँग आईतवार कोटेश्वरस्थित निवासमा भेट गर्दै नेता नेपालले सो विचार व्यक्त गर्नु भएको हो । मुलुकले लामो समय राजनीतिक क्रान्तिका लागि खर्चेको प्रसंग उल्लेख गर्दै नेता नेपालले र अबको समय बन्द, हड्ताल र आन्दोलनको नभई आर्थिक विकास र उत्पादनको भएको बताउनु भयो ।

हिजो राजनीतिक क्रान्तिलाई राम्रो मानिन्थ्यो तर देशले नयाँ संविधान प्राप्त गरिसके पछि अब नेपाल आर्थिक क्रान्ति तर्फ उन्मुख भएको नेता नेपालले बताउनु भयो ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीले हालै गर्नु भएको चीन भ्रमण अत्यन्त भव्य र सफल भएको बताउँदै वरिष्ठ नेता नेपालले महाभूकम्प पश्चात जर्जर भएको नेपालको पुनःनिर्माणका लागि चीन सरकार र चिनिया लगानी कर्ताको भूमिका महत्वपूर्ण हुने समेत बताउनु भयो ।

लगानीको सुरक्षालाई लिएर चिन्तित बनेका चिनिया लगानी कर्ताहरुलाई आश्वस्त पार्दै बरिष्ठ नेता नेपालले लगानी सुरक्षाका लागि अर्थ मन्त्री र वाणिज्य मन्त्रीलाई आश्यक नीति निर्माण गर्न आग्रह गरिसकेको र छिटै नै सो जारी हुने समेत जानकारी दिनुभयो । साथै नेता नेपालले पोखरा, लुम्बिनी र निजगढमा अत्याधुनिक सुविधा सम्पन्न अन्तराष्ट्रिय एयरपोर्टको निर्माण, केन्द्रीय तथा प्रान्तिय संसद भवन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निवास जस्ता ठूला भौतिक योजनाहरुको निर्माणमा चिनिया लगानी कर्ताको सहयोग र साथ अपरिहार्य रहनेमा समेत जोड दिनुभयो ।

भेटवार्ताका क्रममा भ्रमण टोलीका संयोजक तथा सेन्ट्रल एशिया बुद्धिजम् एशोसिएशन का उपाध्यक्ष प्रोफेसर लिउ होङ्ग स्याङले गत बर्ष गएको विनाशकारी महाभूकम्प र लामो समय सम्म कायम रहेको भारतीय नाकाबन्दीले जर्जर बनेको नेपाली अर्थतन्त्रलाई के कसरी टेवा पु¥याउन सकिन्छ भन्ने उद्देश्यले आफुहरु नेपाल आएको बताउनु भयो ।
टोलीका सह संयोजक तथा क्वान्तोङ ओसिस केमिकल कम्पनी लिमिटेडका अध्यक्ष चङ्ग सिउमिङ्गले प्रधानमन्त्री ओलीको चीन भ्रमण पश्चात चिनिया लगानीकर्ताहरुमा नयाँ उत्साह पलाएको जानकारी दिँदै नेपाल सरकार समक्ष लगानी सुरक्षाको माग गर्नुभयो ।

चङ स्याङ्ग इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष तथा क्वीचौ चेम्वर अफ कमर्श का उपाध्यक्ष खोङ्ग स्याङ्गचुले चिनिया लगानीको ग्यारेन्टी भएमा नेपालमा लगानी कर्ताको ओईरो लाग्ने हुँदा वरिष्ठ नेता माधव कुमार नेपाल मार्फत नेपाल सरकार समक्ष सके सम्म चाँडो लगानी नीति कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

भ्रमण टोलीका अर्का सदस्य साङहाई युवेकुन इन्फरमेसन टेक्नोलोजी कम्पनीका अध्यक्ष चौ यौङ्ग हले अमेरीका, अष्ट्रेलिया, वेलायत जस्ता विश्वका विकसित मुलुकहरुमा लगानीको पूर्ण सुरक्षा भएको हुँदा नै ती मुलुकको अर्थतन्त्रले महत्वपूर्ण फड्को मारेको बताउनुु भयो ।

नेपाल–चीन बाणिज्य मैत्री संघका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले मुलुक संविधान निर्माण पश्चात आर्थिक क्रान्ति तर्फ उन्मुख हुने अवस्थामा पुगेको हुँदा चिनिया लगानीलाई सुरक्षित गर्न सरकारले यथासक्य चाँडो लगानी मैत्री बातावरण श्रृजना गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण पश्चात पहिलो पटक चिनिया व्यवसायी तथा लगानी कर्ताहरुले नेपाल भ्रमण गरेका हुन् । गत विहीवार नेपाल भ्रमणमा आएको ४ सदस्यीय चिनिया लगानीकर्ताहरुको टोली मंगलवार स्वदेश फर्कदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी