सल्यानमा टेलिकमको सुविधा राम्रो भएन, दिनैभर स्काई मोवाइल र इन्टरनेटमा खरावी

सल्यानमा टेलिकमको सुविधा राम्रो भएन, दिनैभर स्काई मोवाइल र इन्टरनेटमा खरावी

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

चैत्र २९, सल्यान । सल्यानमा नेपाल टेलिकमले दिने सेवा सुविधामा प्रभावकारीता देखिएको छैन ।

दाङ्गको ववइ खोला नजिकै अप्टिकल फाइबरमा आएको समस्याका कारण सल्यानमा नेपाल टेलिकमले दिएका सेवाहरु स्काई सिडिएमए फोन तथा एडिएसएलमा बढि समस्या आएको छ विहान करिव साढे ७ बजेबाट सल्यानको इन्टरनेटमा खरावि देखिएको छ ।

इन्टरनेटमा समस्या आएकाले सल्यानका सयौ इन्टरनेट प्रयोगकर्ता र संचारकर्मीहरु मारमा परेका छन । जिल्लामा संचालित रेडियोमा समाचार संकलनका लागि अप्ठेरो भएको छ । जिल्लाका संचारकर्मीले आफ्ना संचार माध्याममाबाट समाचार प्रशारण तथा प्रकाशनका लागि एनसिएलको महंगो डाटा खरिद गरि झन्झटिलो तरिकाले समाचार संकलन गरिरहेका छन ।

सल्यानमा अधिकाश समय नेपाल टेलिकमको सेवामा समस्या देखिने गर्दछ । चैत्र महिनामा मात्रै ३ पटक यस्तो समस्या आएको छ । नेपाल टेलिकम सल्यानले जिल्लामा होइन यसको समस्याको समाधान क्षेत्र तथा केन्द्रबाट हुनुपर्ने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी