ओलाङचुङगोला ठिप्तला नाका अबैध रूपमा संचालन

ओलाङचुङगोला ठिप्तला नाका अबैध रूपमा संचालन

  • शनिबार, चैत्र २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

२७ चैत्र, ताप्लेजुङ / ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि उत्तरमा पर्ने ओलाङचुङगोलाको ठिप्तला नाका लामो समयदेखि अबैध रूपमा संचालन भईरहे पनि सरकार र सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

ओलाङचुङगोलाको ठिप्तला नाकाको बिकल्प गोलाबासीलाई छैन तर सरकारको ध्यान आजसम्म पनि पुग्न सकेको छैन । कुटनैतिक तथा नीतिगत रुपमा नाका नखुलाएका कारण अबैध रूपमा संचालन गर्न बाध्य भएको स्थानीय बासीले बताए ।

ठिप्तला नाकाबाट वर्षेनी हजारौँ मन चिराईतो, कुडकी लगायतका जडिबुटि चीनतर्फ अबैधानिक रुपमा निकासी हुँदै आएको छ भने विभिन्न खाद्यन्न सामाग्री नेपाल भित्रने गर्दछ ।

अबैधानिक रूपमा संचालन भईरहेको ठिप्तला नाकामा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भन्सार कार्यालय खडा गरेर राजश्व समेत अबैधानिक रूपले संकलन गरिरहेको छ । लामो समयदेखि विभिन्न जडिबुटी, बनस्पती र लोपोन्मुख अवस्थामा पुगेका (साईटीसमा सुचिकृत) बन्यजन्तुहरूको चोरी पैठारी र निकासी अबैध रूपमा भैरहेको छ । स्थानीय प्रशासन र सरोकारवाला निकाय बेखबर जस्तै बनेको छ ।
ठिप्तला नाका खुलाउनको लागि समुदायको स्तरबाट विभिन्न अभियान संचालन र प्रयत्न भएपनि राज्यले खासै चासो नदेखाएको अवस्थामा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई ओलाङचुङगोलाको ठिप्तला नाका बैधानिक हो कि होईन भन्ने सन्दर्भमा नाका बैधानिक नै हो, मोटर बाटो र मानिसको बढी आवतजावत नभएकोले राजश्व कम संकलन भएको, चीनसँगको अन्य नाका जस्तै ठिप्तला भञ्ज्याङको नाका पनि हो उनको भनाई छ ।

ठिप्तला भञ्ज्याङ नाका बैधानिक हो भने, चीनको सहजता र पायक परेको समयमा मात्र नाका किन खुल्छ त ?, नीतिगत निर्णय कुनै पनि नाकालाई बैधानिकता दिनको लागि नीतिगत निर्णय हुन आबश्यक छ या छैन ?, सरकारको प्राथमिकतामा ठिप्तला नाका किन परेन ?, नाकाको बैधानिक प्रकृया नै पूरा नभईकन किन स्थानीय प्रशासन र भन्सार विभाग अन्र्तगतको कार्यालय खडा गरी भन्सार संकलन गरिन्छ ?

भन्सारबाट संकलित राजश्वको लेखाजोखा किन हुँदैन ? सिमा प्रशासन अधिकृतको कार्यालयमा किन बाह्रै महिना ताला लाग्छ ? किन ओलाङचुङगोलाका स्थानीयको चाहना र आवश्यकतामा नाका खुल्दैन ? यि र यस्ता प्रश्नहरू सामान्य प्रश्न बनेका छन् ।

सिमा भनेको एक जिल्ला र भूगोलको लागि मात्र हो त ? सिंगो देशको राष्ट्रियता, सार्बभौमिकता, परराष्ट्र र कुटनैतिक मर्यादा, मुल्यमान्यता र प्रणलीमा संचालन हुन अवश्यक छ ।

नीतिगत रुपमा ठोस नगरिएका कतिपय यस्ता मनोमानीतन्त्रको कारण अस्तव्यस्तताको कारकत्व हो ।

नेपाल सरकारले ओलाङचुङगोला ठिप्तला नाकाको बैधतामा मुख खोल्न, नाकालाई व्यवस्थि तगर्न, चाँडो मोटरबाटो जोड्नको लागि पहल, राजश्व संकलन तथा जनशक्ति परिचालन गर्न र अबैधानिक रुपमा विभिन्न खाद्यन्न सामाग्री आयात तथा जडिबुटी र लोपोन्मुख वनस्पती र बन्यजन्तुको निकासी तथा पैठारीमा नियन्त्रण हुन्छ की ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी