कालोबजारी गर्नेहरुको आश्रयस्थल बन्यो सिंहदरवार : आपूर्तिमन्त्री पुन

कालोबजारी गर्नेहरुको आश्रयस्थल बन्यो सिंहदरवार : आपूर्तिमन्त्री पुन

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,२५ चैत ।

आपूर्तिमन्त्री गणेशमान पुनले प्रमुख प्रशासनिक निकाय सिंहदरबार कालोबजारी गर्नेहरुको आश्रयस्थल बनेको बताउनु भएको छ ।

अखिल क्रान्तिकारी सिटिइभिटी कप २०७२ को ल्यावरोटरी मैदान कीर्तिपुरमा उदघाटन गर्दै मन्त्री पुनले ईन्धनमा कालोबजारी गर्नेहरु सिहंदरवारमा आश्रय लिएर बसेको बताउनु भयो ।

कालोबजारी गर्नेहरुलाई तह लगाउन आफूहरु क्रियाशील रहेको भन्दै उहाले सो काममा युवा विद्यार्थीहरुलाई सहयोग गर्न पनि आह्वान गर्नुभयो ।

ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको सहज आपूर्ति गर्न नसकेको भनेर सरकारको आलोचना भइरहेका बेला मन्त्री पुनले त्यसको जड सिंहदरबारमा छुपेको बताउनु भएके हो ।
उहाले आयल निगमको भण्डारण क्षमता बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । ‘अहिले आयल निगमको भण्डारण क्षमता १६ दिनको मात्र छ । अब चाँडै नै यसलाई हामी ९० दिनको बनाउँदैछौं ।’

तत्कालका लागि काभ्रेको पाँचखाल, धादिङको खैरेनीटार र नुवाकोटको बट्टारमा भण्डारण केन्द्र बनाइने तयारी भएपनि सरकारले सातवटै प्रदेशमा भण्डारण केन्द्र बनाइने योजना बनाइरहेको पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले आफूहरु स्ववियु निर्वाचनमा जान आतुर भएको भन्दै तत्काल मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवं अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष युवराज लामाले नयाँ संविधान कार्यान्वयनका लागि खेलकुदमार्फत लाखौं युवाहरुलाई गोलबन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

पाँच दिनसम्म चल्ने प्रतियोगितामा सिटिइभिटी अन्तर्गतका १० कलेज सहभागी रहेका अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी