मोडल देबेन्द्र क्षेत्रीले कोरे आफ्नै पिरतीको इतिहास(भिडियो सहित)

मोडल देबेन्द्र क्षेत्रीले कोरे आफ्नै पिरतीको इतिहास(भिडियो सहित)

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाण्डौ ,२४ चैत ।

हरेक व्यक्ति संघर्ष बिना आफ्नो कार्य सफल भएको महसुस गर्दैनन् यस्तै महसुस गर्दै छन् अहिलेका निकैनै व्यस्त मोडल तथा सर्जक देबेन्द्र क्षेत्री ।

प्युठान जिल्लामा जन्मेर दाङ बसोबास गर्दै आफ्नो कर्म थलो राजधानीलाई बनाउदै आएका युवा मोडल तथा सर्जक देबेन्द्र क्षेत्रीको नया लोकदोहोरी गीत पिरतीको इतिहास भाग -२ विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत बजारमा आएको छ ।प्रतिभाशाली गायक हरि ड़ागी र बहुचर्चित गायिका देवी घर्तिको सुमधुर आवाजमा रहेको गीतमा उनै गायक हरि ड़ागीको लय र देबेन्द्र क्षेत्रीको शब्दमा पिरतीको इतिहास सार्बजनिक भएको हो ।

पिरतीको इतिहास भाग-१ मार्फत् निकै चर्चा कमाएका यी जोडीको यो अर्को निरन्तरता हो ।देबेन्द्र क्षेत्री र सपना ठकुरीको जोडदार अभिनय रहेको गीतमा निर्देशन गर्नुभएको छ कपिल लामाले भने क्यामारामा राजेश घिमिरे रहनु भएको छ ।

देबेन्द्र को यात्र मोडलिङबाटै भएको भन्दै उहा भन्नु हुन्छ “मैले आज सम्म १५ भन्दा बढी गीतमा आफुले अभिनय गार्ने मौका पाएको छु र यो गीतमा आफ्नै शब्द र आफ्नै प्रस्तुतिको रुपमा लिएर आएको छु मन पराउनु हुने छ भन्ने आसा गरेको छु” हेरौ यो गीतले पनि पिरतीको इतिहास भाग १ जतिकै बाजी मार्ने छ सम्पूर्ण गीतका टिमलाई हार्दिक सुभकामाना व्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस-

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी