संसारमा कतिपय मानिसहरु नाम कमाउन अनौठा कामहरु गर्दछन् । जुन कामले उनीहरुले नाम त कमाएका हुन्छन् तर जीवन पनि खेर गएको देखिन्छ । हामी आज यस्तै १० अनौंठो परिघटनाहरुको बारेमा चर्चा गर्ने छौं ।
१. प्लेन यसरी खाए मिस्टर ईट अललेः
मिस्टर ईट अलका नामले चिनिने माईकल लोटिटो बाईक तथा गाडीको पार्टसहरु, टिभी सेट लगायतका बस्तुहरु खाने गर्दथे । पानीको सहायताले उनले यसरी खाएर पचाउने गरेका थिए । उनको सबै भन्दा अनौठो क्षमता प्लेन नै खाई सक्नु हो । कुल २ वर्षमा उनले एउटा प्लेनका सबै पार्ट पूर्जाहरु खाएका थिए । ५७ बर्षको उमेरमा उनको मृत्यु भएको थियो । यो कुरा गिनिज बुक अफ् द वल्र्ड रेकर्डमा देखिन्छ ।
२. पेटमा खर्बुजा काटने :
अमेरीकाका बिपिन लर्किन र अश्रिता फरमैनको नाममा एउटा अनौठो घटना रेकर्ड देखिन्छ । बिपिनले आफ्ना सहयोगी महिला अश्रितालाई सुताएर उनको भूडीमा खरबुजा चक्कुले काट्ने गरेका थिए । रेकर्ड अनुसार उनले एकै दिनमा ४८ वटा सम्म खरबुजा काटेका छन् ।
३. बेस्सरी चिच्याउनेः
ब्रिटेनकी एक शिक्षिका ग्रिल ड्रकको नाममा विश्वमा सबै भन्दा तेज चिच्याउन सक्ने महिलाको रुपमा रेकर्ड छ । उनले १ सय २९ डेसिबलमा चिच्याउन सफल भएका थिए ।
४. अनुहारमा सबै भन्दा धेरै घुगी लउाउने :
अनुहारमा सबै भन्दा धेरै घुगी लगाउने विषयमा ११ वर्षीया फिन केहेलेकरको नाममा रहेको छ । १० सेकेण्डका लागि ४३ वटा घुगी उनको अनुहारमा हालेर यो रेकर्ड कायम गरिएको हो ।
५. सबै भन्दा धेरै लात खाने :
किब्री रोय विश्वका सबै भन्दा तीव्र लात खाने व्यक्तिको नाममा गिनिज बुकमा नाम लेखाउन सफल छन् । उनले फाईटर एमएमए र ग्लेडिएटर जस्टिस स्मिथले हानेका थिए । यो किकको स्पीड २२ मिल प्रति घण्टा थियो ।




